20220516

नेपाल आउँदा छुट्टै आनन्द : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए । नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’ बुद्ध मानवताको सामूहिक बोधको अवतरण भएको बताए । बुद्ध बोध र शाेध दुवै भएको बताए । बुद्ध विचार र सभ्यता भएको बताए । ‘उहाँले हामीलाई यो अनुभूति गराए, प्राप्तिभन्दा पनि बढी महत्व त्यागको हुन्छ । त्याग गरेरै राजपरिवार छोडेर वनबास गए,’ प्रधानमन्त्री मोदीले भने ।

बुद्ध वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मिएको भन्दै उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । यही दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभयो । यही दिन कुसीनगरमा महापरिनिर्वाण भयो । यही वैशाख पूर्णिमाका दिन भगवान बुद्धको जीवन रह्यो ।’ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्केका छन ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक