20220526

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ : भारतीय गायिका नेहाको स्वरमा नेपाली गजल

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ

टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ

- करुण थापा

नेपाली गजल विधामा सशक्त भाव तथा गजलको नीति नियममा बाँधिएर कलम चलाउने अग्रणी स्रष्टाको रूपमा चिनिनुहुने गजलकार करुण थापाद्वारा कलमवद्ध गरिएको तथा अति मनपराइएको गजल "बतासले चोट लाग्छ" को


Studio Version हालै MusicSutra युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। नेपाली संगीतमा कर्णप्रिय धुनहरु सिर्जना गरी आफ्नो एउटा अल्लगै स्थान बनाउन सफल संगीतकार सचिन सिंहद्वारा संगीतबद्ध उक्त गजललाई मुम्बईकी प्रतिभाशाली गायिका नेहा करोडेले गाएकी छिन्। विभिन्न भारतीय तथा अङ्ग्रेजी भाषाका गीतहरू रेकर्ड गराइसकेकी नेहा करोडेको यो नेपाली भाषामा रेकर्ड गरिएको पहिलो गजल/गीत हो।

म्युजिकसूत्र (MusicSutra) नामक युट्युब च्यानल प्रवासबाट नेपाली गीत संगीतलाई माथि उकास्ने लक्ष्य लिएर संयुक्त राज्य अमेरिकाको भर्जिनियाबाट launch गरिएको कुरा यस च्यानलका प्रबन्धक लोचनमान श्रेष्ठ बताउँछन्।  MusicSutra च्यानल विभिन्न विधा (genre) का गीतहरू समाविष्ट एउटा विशुद्ध सांगीतिक च्यानल हुने र नेपालीभाषी दर्शकहरुले यसबाट भरपूर मनोरञ्जन लिने तथा यस च्यानललाई subscribe गरी साथ दिने कुरामा उनी विश्वस्त छन्।

Click here for more videos:

 https://www.youtube.com/c/MusicSutra/videos





अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक