20220607

कमला प्रसाईको सक्रियतामा स्थापित N&J Entertainment NY INC अमेरिकाले यो बर्ष प्रदान गरिने पुरस्कार सार्वजनिक

 अमेरिकामा रहेका समाजसेबी, साहित्यसेबी कमला प्रसाईको सक्रियतामा स्थापित N&J Entertainment NY INC  अमेरिकाले यो बर्ष प्रदान गरिने पुरस्कार सार्वजनिक गरेको छ। अनेसास नामको संस्थाका केही गलत मान्छेहरुले अन्याय अत्याचार गर्दै जिउँदो शाहीद बनाएकी भनेर चिनिने यस संस्थाकी सँरक्षक कमला प्रसाई

भन्नुहुन्छ "यो संस्था  भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्नको निमित्त अमेरिकामा खोलिएको हो। यो संस्थाले 2005 देखि अमेरिकामा निरन्तर काम गर्दै आइरहेको छ, राम्रो काम गरे बापत यहाँको गभरर्मेन्टले पनि दुईचोटी पुरस्कार प्रदान गरिसकेको छ, यो  नेपालीहरुको लागि खुसीको कुरा पनि हो। प्रवासमा आएर आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु चानचुने कुरा होईन । यो संस्थामा  कुलचन्द्र गौतमदेखि रवि लामिछानेदेखि, हरिचरण लामिछाने , शम्भुजित बास्कोटादेखि  बसुन्धरा भुसाल, स्वर्गीय लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, अनेसास संस्थापक अध्यक्ष  श्री होमनाथ सुबेदी देखि शैलेष श्रेष्ठ, किशोर पन्थी,वरिष्ठ गायक प्रकाश श्रेष्ठदेखि सपना परियार  आदि धेरै धेरै ले सम्मान पुरस्कार कार्यक्रम संचालक र अतिथिको भूमिका निभाइसकेका छन्  यहाँ  जन्मेर हुर्केका बच्चाहरुकोलागि, बालबालिकाको लागि पनि यो संस्थाले धेरै काम गरिसकेको छ। अमेरिकामा पहिलो पटक र दोस्रो पटक US Nepal children Talent  Show पनि गरिसकेको छ, यसरी अमेरिकामा यस्ता धेरै राम्रा सन्देशमुलक कार्यहरु गर्दै आएको यो संस्थाले यो बर्षदेखि स्वदेश र बिदेशमा रहेर समाज, देश र सबैमा राम्रो प्रभाव पार्न सफल केही ब्यक्तिहरुलाई पुरस्कार दिने घोषणा गरेको छ।"

वहाँका अनुसार यस बर्ष पुरस्कार पाउने  आ- आफ्नो क्षेत्रका कर्मयोगीहरु श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ पत्रकारिता पुरस्कार अमेरिकाबाट प्रकाशित हुने इ- नेप्लिज डटकम र नेपालवाट पुर्वेली न्यूज डट कमका मनिराम दाहाललाई दिइने भएको छ । पुरस्कार राशी २५ रुपैयाको हजारको रहेको छ।

स्वर्गीय यम बुद्ध अनिल अधिकारीको नामबाट स्थापित पुरस्कार र्याप सम्राट यमबुद्द पुरस्कार यो पटक कलाकार, र्याप गायक सबैका युवा ढुकढुकी  काठमाडौंका मेयर श्री बालेन शाहलाई प्रदान गरिने भएको छ।

 सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो बर्ष लक्ष्मी प्रतिष्ठान र तुलशादेवी फाउन्डेसनलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। पुरस्कार राशी २५ हजारको रहेको छ।

 साहित्य संगित, गायन कलाकारिताको क्षेत्रमा प्रधान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही  २५ हजारको दरले प्रदान गरिने भएको छ। यो पुरस्कार पाउने ब्यक्तित्वहरु हुनुहुन्छ - वरिष्ठ  कथाकार  माया ठकुरी,  वरिष्ठ साहित्यकार गार्गी शर्मा, पप सम्राट ओम विक्रम बिष्ट र भारतमा रहनुहुने भारतिय नेपाली साहित्यकार कृष्ण प्रधान ।

लोकप्रिय युवा नेता हर्क साम्पाङ ( धरान)लाई स्वर्गीय अर्जुन प्रसाद प्रसाईं  लोकप्रिय युवा नेता  पुरस्कार  प्रदान गरिने भएको छ। 

यी पुरस्कार  नेपालमा रहनेलाई नेपालबाट र अमेरिकामा रहनेलाई अमेरिकाबाट नै प्रदान गरिने ब्यहोरा जानकारी गराइन्छ प्रसाइले भन्नु भनेको छ । 



*******

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक