20220620

लथालिङ्ग देशको भताभुङ्ग चाला भनेको यही त होला : देशका बिभिन्न शहरहरुमा नक्कली जारको पानी बजारमा

 
काठमाडौं लगायतका देशका बिभिन्न शहरहरुमा नक्कली जारको पानी बजारभरि छ्यापछ्याप्ती भेटिन थालेका छन । जारको पानी नक्कली भएका धेरै उजुरी पर्न थाले पछि छनबिन शुरु भएको छ र २ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । यसै क्रममा काठमाडौंमा विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर खानेपानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको आरोपमा  चितवनका किरण श्रेष्ठ  र सर्लाहीका आशिष कार्कीलाई साेमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १९७ पानीको जार बरामद गरिएको प्रहरीका जनाएकाे छ । थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको बताइएकाे  छ ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक