20220620

भारतबाट नेपालमा इन्धनको मुल्य बढेर आएको भन्दै नेपाल आयल निगमले फेरी पनि इन्धनमा भाउ बढायो

 

संसार भर अहिले रुस उक्रेन युध्दका कारण महंगी चरम चुलीमा पुगेको छ । नेपालमा पनि त्यसको असर झन बढी देखिएको नेपाल आयल निगमको दाबी छ । यसैको असर भन्दै  भारतबाट नेपालमा इन्धनको मुल्य बढेर आएको भन्दै नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरि इन्धनमा भाउ बढाएको छ ।

निगमका अनुसार अब डिजल र मटितेलको मुल्य प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । यसैगरि, आन्तरिक तथा बाह्य हवाई इन्धनको मुल्य पनि बढेको छ । तर, खाना पकाउने ग्याँसको भाउ भने बढेको छैन । पेट्रोलको भाउ १९९ प्रति लिटर हुँदा पनि आयल निगमलाई प्रति लिटर १३.५८ रुपैया घाटा रहेको निगमको दाबी छ । यस्तै, प्रति लिटर डिजेलमा १३.९५ रुपैया घाटा तथा मटितेलमा ४३.०६ रुपैया नाफा रहेको निगमको भनाइ छ । सरकारले जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको भए तापनि त्यसयता यो दोस्रो मुल्यबृद्धि हो । इन्धनमा भाउ बढ्दा समग्र वस्तु तथा सेवामा भाउ बढने हुनाले महंगी झन् बढ्ने देखिन्छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक