20220605

पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ लाई मन्त्री बनाउने निर्णय गरे पछि अब देश र जनताले केही नपाए पनि माधव नेपालका १४ जनाले मन्त्री बन्न पाउने भए !

 

माधव नेपाललाई एमालेबाट अलग भएर समाजबादी पार्टी बनाउँदा साथ दिएका १४ साँसदले पालै पालो मन्त्री पद भेटाउने भएका छन । पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ लाई मन्त्री बनाउने निर्णय गरे पछि अब देश र जनताले केही नपाए पनि माधव नेपालका १४ जनाले मन्त्री बन्न पाउने भए । 

सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ ।नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरिएको एकीकृत समाजवादीले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ ।नेकपा एमालेबाट विभाजित भएर नयाँ दल बन्ने बेलामा नेता नेपाललाई साथ दिएका मध्ये झाँक्री, आले र श्रेष्ठ बढी चर्चामा थिए । उनीहरुलाई पहिलो चरणमा मन्त्री बनाइएको थियो । मेटमणि चौधरी पनि मन्त्री बन्ने चर्चा भएको भए पनि त्यति बेला उनी सूचीमा अटाएका थिएनन् ।तर, आगामी प्रतिनिधि सभा चुनाव कात्तिक-मंसिरमा हुने गरि छलफल गठबन्धनमा चर्चा चलिरहेको हल्ला खल्ला नगरी एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ जसलाई महत्वका साथ हेरिएको छ ।

अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताएका छन् । उनले भने, ‘यो नियमित प्रक्रिया हो । सुरुदेखि नै ६ महिना भनेर उहाँहरुलाई जिम्मेवारी दिइएको हो ।’तर, यसलाई आगामी संघीय निर्वाचन लक्षित ठानिएको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार चुनावमा जनमत भएकालाई मन्त्री बनाइएको हो । जनमत बलियो भएकालाई मन्त्री बनाएर अवसर दिइएको उनको भनाइ छ ।सवैलाई मन्त्री बनाउनका लागि एकीकृत समाजवादीले ६ महिना भन्दा कम समयका लागि नयाँ मन्त्री बनाएर अस्थिरता निमत्याएको भन्दै आलोचना समेत भइरहेको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक