20220605

जङ्गे र नाङ्गे - - चट्याङ मास्टर

  जङ्गे गयो, नाङ्गे आए

एकको ठाउँमा सैयौं आए ।


कता त्यो जङ्गे कता यी नाङ्गे

कता त्यो ढङ्ग कता यी बेढङ्गे

जङ्गे गथ्र्यो शासन गर्दैनथ्यो भाषण

नाङ्गेले गरे भाषण सकेनन् गर्न शासन ।


जङ्गेले जिब्रे संविधान सय वर्ष टिकायो

नाङ्गेले लेखे संविधान दस वर्षमै बिलायो ।

लखनौ लुट्थ्यो विदेश गै नाङ्गेले लुटे स्वदेशमै

जङ्गेले जोड्यो दरबार नाङ्गेले जोडे घरबार ।


जङ्गे सिमाना बढाउँथ्यो, नाङ्गेले सिमाना घटाए

जङ्गे विदेशी तर्साउँथ्यो, नाङ्गेले विदेशी फुर्क्याए ।


बाघको छालामा श्यालको रजाइँ,

जङ्गेको देशमा नाङ्गेको लडाइँ ।

जङ्गेले बोलेपछि बोल्यो बोल्यो !

नाङ्गेले बोल्यो कि कट्टु खोल्यो !!


डर भर हुन्थ्यो जङ्गेको, भएन भर क्यै नाङ्गेको

नाङ्गेलाई के अनुशासन ? न शासन न प्रशासन ।

जङ्गेले काटेथ्यो माथिका, नाङ्गेले काट्यो निमुखा

बहादुरी जङ्गेको, लुच्याइँ फट्याइँ नाङ्गेको ।


बोकाको दाइँ भएन, संविधान आउँदै आएन

नाङ्गेले नाचे नाङ्गो नाच, जङ्गे नआई भएन ।

जङ्गे जिब्रो लिई आ, सय वर्षे शासन दिइ जा

संविधान सिकाइदे, यी नङ्गेलाई भगाइदे ।


आइज जङ्गे आइज, जिब्रे संविधान चाहियो

यी नाङ्गेको नाङ्गो नाच, हेर्दा हेर्दा अघाइयो ।


- बत्तिसपुतली, काठमाडौं

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक