20220606

ओलीले त अपमान गरेकै थिए प्रचण्ड र देउबाले पनि अपमान गरेछन माधव नेपाललाई, माधवको मन्त्री परिवर्तन गर्ने निर्णयले हावा खायो !

 
माधव नेपालको पार्टीले हिंजो एक्कासी आफ्ना मन्त्री हरु परिवर्तन गर्ने घोषणा गर्‍यो । गरेन मात्रै पुराना लाई बोलाएर नयाँ पठाउने नाम पनि प्रधानमन्त्री लाई बुझायो । अब मन्त्री परिषद पुनर्गठन को समाचार आऊला भन्दा त पुरानै मन्त्रिलाई बोलाएर प्रधान्मन्त्रीले ढुक्क भएर काम गर्नु हेरफेर हुन्न भनेर निर्देशन दिएको समाचार पो आयो । नेपाल हो जहाँ जुना सुकै बेला जे पनि हुन्छ त्यसमा आश्चर्य मान्न पर्ने कुरा के भो र ! सुन्नमा आए अनुसार प्रचण्ड सँग माधव नेपालका मन्त्रीहरुको कुरा भयो रे अनी प्रचण्डले नै नफेरौं भने पछि देउबाले हुन्छ भनेको रे । खासमा कुरा के हो माधव नेपालजी लाई नै थाहा होला तर माधव नेपालजीको समाजबादी पार्टीको निर्णय पनि प्रचन्डले नै गर्न थालए पछि देशको राजनीति कस्तो रहेछ बुझ्ने लाई काफी सँकेत मिलेको भने छ है ।  

     सत्ता गठबन्धनको शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । तत्काल मन्त्री परिवर्तन नगर्ने केही समयपछि गर्ने भन्ने कुरा भएको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो।

अहिले संसदमा बजेटबारे मन्त्रालयत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री नपर्ने सहमति भएको उहाँको भनाइ छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । सोही आधारमा आइतबार मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताउनु भएको थियो। सोही आधारमा गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो ।

समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहनु भएको भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो । पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अब बजेट पारित नहुँदासम्मको लागि उहाँहरूको पद जोगिने भएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक