20220606

सांसद गंगा चौधरीको कडा प्रश्न - ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने ?

 सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दोषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताउनु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

यसैक्रममा गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताउनु भयो। पुरुषका लागि पनि सांसदले आवाज उठाउनु पर्ने बताउँदै उहाँले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताउनु भयो । पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभभयो , ‘पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’ निर्दाेष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताउँदै उहाँले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताउनु भयो ।

मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको भन्दै उहाँले भन्नुभयो, ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

आफूलाई महिलाको विरुद्धमा बोलेको आरोप नलगाउनन आग्रह गर्दै उहाँले आफू सांसद रहेको र देशका लागि कानुन बनाउँदा सबै पक्षको ख्याल गरिनुपर्ने बताउनु भयो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक