20220611

जे होस हाम्रो प्रहरीले ठुल ठुला गुण्डा नसमाते पनि टोले गुण्डाहरु भने समात्छ है !

 काठमाडौं / महानगरीय प्रहरी वृत्त बुढानिलकण्ठले ‘टोले गुण्डाहरू’ अनिल र सरोज गिरीको ‘ग्याङ’ लाई पक्राउ गरेको छ । ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेका रेष्टुरेन्टमा निःशुल्क खान खाने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । केही टोले गुण्डाहरू फरार छन् । फरार भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अनिलसहितका केही युवालाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिलसिंह ठकुरीले बताएका छन् । पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने उनले बताए । यद्यपि, निरीक्षक ठकुरीले अपराध गर्नेहरूलाई कुनै पनि छुट नदिएर कारबाही हुने बताएका छन् । काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले काठमाडौंमा अपराध गर्नेलाई कानूनअनुसारको हदैसम्मको कारबाही हुने चेतावनी दिए । ‘अपराध गर्नेलाई कारबाही हुन्छ’, उनले भने, ‘गण्डागर्दीका नाममा सर्वसाधारणलाई दुःख दिनेमाथि प्रहरीले कुनै पनि हालतमा माफ दिँदैन ।’

सुनिल र अनिलसँग बेलाबेला आउने युवाहरूको समूहले गल्फुटारका होटेल र रेष्टुरेन्टमा आतंक मच्चाएपछि पीडितहरूको उजुरीको आधारमा प्रहरीले अप्रेशन शुरु गरेको हो । पक्राउ परेका अनिल र सरोजको ग्याङले धेरै ठाउँमा आतंक मच्चाएको थियो । यो ग्याङले अति नै गरेपछि प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ । अनिल र सरोजको ग्याङले प्रहरी, नेता, खेलकुदका केही व्यक्तिहरूको नाम लिएर रेष्टुरेन्टमा निःशुल्क खाने गरेको रेष्टुरेन्ट सञ्चालकहरू बताउँछन् । पक्राउ परेकाहरू हरेक पटक फरक फरक युवतीहरूसँग रेष्टुरेन्ट आउने गरेका थिए ।

उता दार्चुला, शैल्यशिखर नगरपालिका-१ बारील बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका प्रतिवादी सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वय र सहकार्य ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला र प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरेको हो । 

भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुन: घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट भागी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ । उनी उपर जवरजस्ती करणी, ज्यान सम्बन्धी कसूर र डाँका चोरी शीर्षक मुद्धामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 

यसै गरी सर्लाही, लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका-११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रबि बिकले उनकै मामा अशोक बिकलाई बाँसको लाठी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक