20220605

जनकपुरबाट भैरहवातर्फ आउँदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलमा बस दुर्घटना, नौं जना को मृत्‍यु, कैयौं घाइते

 सडक दुर्घटना बढीरहेका छन । यात्रुहरु मरिरहेका छन तर सडक दुर्घटनाका समाचार आइ रहँदा पनि सम्बन्धित निकायहरु जिम्मेवार नबन्दा निर्दोस यात्री हरुको जीबनको मुल्य शुन्य जस्तै बन्दै छ । यसै बिच  रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका ९ जनामध्ये पाँचजनाको पहिचान खुलेको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलमा बस दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये सनाखत पहिचान खुलेकोमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका-४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका पाचजना मध्ये तीन जनाको भैरहवास्थित तीन जनाको भीम अस्पतालमा र युनिभर्सल मेडिकल कलेजमा दुई जनाको सनाखत भएको हो ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आज बिहान साढे चार बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित रोहिणी पुलबाट नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताउनु भयो । ९ जनामध्ये चार जना भीम अस्पताल र ५ जना युनिभर्सल कलेजमा मृत्यु भएको थियो । भीम अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा चार जनाको मृत्यु भएको थियो भने अन्य पाच जनाको युसिएमएसमा उपचारका क्रममा मृत्यु भएको थियो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक