20220701

कविता : शालिक - रामप्रसाद खनाल

बनाउ बनाउ शालिकहरु छिटो छिटो 

तीन चार वटी स्वास्नीका पोइहरुको
झुम शराबी झुमहरुको 
बन्दुके सदाचारीहरूको 
अपराधका नायकहरूको
अनावरण गराऊ उनैका बाउ बाट 
पिट ताली जोड जोडले 
हात मा ठेला उठुन्जेल 
नारा लगाऊ जोड जोडले 
तिनका बाउले सुनुन्जेल   
उखेल, भत्काऊ, फाल शालिकहरु 
नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको 
महेन्द्र र वीरेन्द्रको पनि 
किनकि उनीहरू "सामन्त" हुन 
तिम्रा आदर्श पुरुष जस्ता हुँदै होइनन् 
न लुट्न जाने
न कुट्न जाने 
न बन्दुकले भुट्न जाने 
त्यसैले राजाहरूका सालिक राख्नै हुन्न 
राख्नुपर्छ शालिकहरु प्रकाशहरूका 
प्रकाशहरूका बाउहरूका 
प्रकाशहरूका आमा र मामाहरूका 
प्रकाशहरूका ल्याइता र ब्ययीताहरुका 
सगरमाथा शिविर मै रासलीला गर्नेहरूका 
ढिलो गर्नै हुन्न है कमरेड 
कुन बेला के हुन्छ कसलाई के थाहा !
त्यसैले बनाउ बनाउ शालिकहरु
अनावरण गराऊ छिटो छिटो 
बरु प्रकाशका बा आमाको सालिक पनि 
अनावरण गराऊ उनैका हातहरू बाट 
ढिलो गर्नै हुन्न अब 
किनकि यो लोकतन्त्र हो 
गणतन्त्र हो 
बरु सबैले जोड जोडले नारा लगाऊ 
कमरेड प्रकाश - अमर रहुन् !
सामन्ती पृथ्वीनारायण शाह - मुर्दावाद !
सामन्ती महेन्द्र र बीरेन्द्रहरु - मुर्दावाद !
लोकतन्त्र, गणतन्त्र - जिन्दाबाद !
भन्न भुलिएला नि फेरी,
सङ्घीयता पनि - जिन्दाबाद, जिन्दाबाद !

- राम प्रसाद खनाल, जुलाई १, २०२२

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक