20220701

पृथ्वीनारायण शाहका सालिक भत्काउने, प्रचण्डको छोरो प्रकाशको सालिक बनाउने भएको छ देश, प्रचण्डको स्वागतका लागि भन्दै गर्मीमा उभ्याइएका कलिला बालबालिकाहरुलाई पनि हेर्नुस !


 नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहका सालिक भत्काउने, विकास प्रेमी तिनै महेन्द्रले बनाइदिएको पूर्व पश्चिम राजमार्गमा हिँड्ने, तिनैले बनाइदिएका उद्योग धन्दा, कलकारखाना बेचेर खाने तर तिनकै सालिक भत्काउने, तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको आदेशमा माओवादी नेताहरूलाई होलेरीमा एकै ठाउँमा सेनाले घेरा हालेर मार्न खोज्दा "माओवादी आतङ्ककारी हुन तर त्यो भन्दा अगाडि उनीहरू नेपाली हुन, वार्ताको माध्यम बाट समस्या समाधान गर, मार्नु समाधान होइन" भन्दै प्रधानमन्त्री र सेनालाई निर्देशन दिने, शान्ति क्षेत्र नेपालका अभियन्ता शान्ति प्रेमी राजा वीरेन्द्रका सालिक भत्काउने तर प्रचण्डको उद्दण्ड छोरो प्रकाशको सालिक बनाउने भएको छ देश अहिले । प्रचण्डका छोरा प्रकाशले सालिकै बनाउन पर्ने गरी के त्यस्तो ऐतिहासिक काम गरेछन् सालिक बनाउने हरूलाई थाहा होला तर कथित जनयुद्धका बेला अरुलाई बहु विवाह गरेको आरोपमा कथित जन कार्वाही भन्दै यातना दिने, मार्ने प्रकाश, जनताले देखे बुझेका प्रचण्डका छोरा प्रकाश २५ -२६ वर्षमै तिन वटा बिहे गरेर परिवारको बिचल्ली बनाउने पात्र मात्र होइनन्, रक्सीको नशामा झुम्ने झुम सराबी झुम पनि हुन, उनी उद्दण्ड मात्र थिएनन् कथित जनयुद्ध का बेला आफैले बन्दुक चलाएर निर्दोष नेपालीहरू मार्ने मान्छे पनि हुन । अब त्यस्ता मान्छेको सालिक बनाएर नेपाल "नयाँ नेपाल" बन्ने सुरमा छ । छोराको मात्र किन अब प्रचण्डको पनि सालिक बनाऊ, सिता भाउजूको पनि सालिक बनाऊ, रेणु र को को छन् परिवार आफन्तजन सबै सबैको सालिक बनाऊ, खुसी मनाउ अब त्यही भन्नु पर्ने त होला । देश श्रीलङ्का बन्न, अफगानिस्तान बन्न अब धेरै समय लाग्ने छाँट छैन त्यसैले बनाऊ बनाऊ प्रकाशका सालिकहरू अन्यत्र पनि बनाउ छिटो बनाउ । प्रकाशका बा प्रचण्डका पनि सालिक हरू बनाऊ । अरू के नै बाँकी रह्यो र अब !  
श्रीलंकाका जनताले ढिलै भए पनि देश टाट पल्टाउने आफ्ना प्रधानमन्त्री, मन्त्री, साँसद र भ्रस्ट नेताहरुलाई अहिले बर्खास्त मात्र गरेका छैनन सडक आन्दोलन बाटै, हातपात गर्ने मात्र होइन, घर मै आगो लगाउने, लखेट्ने काम गरिरहेका छन । ढिलै भए पनि उनिहरुले बुझे तर हाम्रो देश र हाम्रो देशका हामी जनता बुझेर पनि शालिक बनाउँदै छौं फरक यत्ति छ !      

शालिक अनाबरण सम्बन्धमा कान्तिपुर लेख्छ "नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको बताएका छन् । नुवाकोटको ककनीमा स्वर्गीय छोरा प्रकाश दाहालको सालिकको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए ।

‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति योभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिन्छ । तराईदेखि अलिकति चढ्ने बित्तिकै हिमालमा पुगिन्छ, यस्तो छोटो दूरीमा भूगोलको यस्तो स्थिति त दुनियाँमा कमैमात्र भेटिन्छ,’ उनले भने, ‘त्यसकारण पर्यटनको विकासको निम्ति यी पर्वतहरू अनन्त स्रोत हुन् । हामीले यसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ ।’


उनले पर्यटन विश्वविद्यालय निर्माणका लागि शिक्षा र पर्यटन मन्त्रालयसँग समेत छलफल गरिरहेको बताए । ‘हामीले नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ । पर्यटन विकास, पर्वतीय विकास र पर्यटनका लागि त्यहाँबाट पठन पाठन हुनसक्छ, अध्ययन अनुसन्धान हुनसक्छ,’ उनले भने । स्वर्गीय दाहाल एक पर्वतारोहीसमेत रहेको भन्दै नेपाल पर्वतारोहण संघले ककनीमा शालिक निर्माण गर्न लागेको हो । २०६९ जेठमा प्रकाश दाहाल, बीना मगरलगायतको १२ जनाको टोलीले सगरमाथा आरोहण गरेको थियो । प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।"

प्रचण्डको स्वागतका लागि भन्दै गर्मीमा उभ्याइएका यि कलिला बालबालिकाहरुलाई पनि हेर्नुस ! 

************

बनाउ बनाउ शालिकहरु ! 


बनाउ बनाउ शालिकहरु छिटो छिटो 
तीन चार वटी स्वास्नीका पोइहरुको
झुम शराबी झुमहरुको 
बन्दुके सदाचारीहरूको 
अपराधका नायकहरूको
अनावरण गराऊ उनैका बाउ बाट 
पिट ताली जोड जोडले 
हात मा ठेला उठुन्जेल 
नारा लगाऊ जोड जोडले 
तिनका बाउले सुनुन्जेल   
उखेल, भत्काऊ, फाल शालिकहरु 
नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको 
महेन्द्र र वीरेन्द्रको पनि 
किनकि उनीहरू "सामन्त" हुन 
तिम्रा आदर्श पुरुष जस्ता हुँदै होइनन् 
न लुट्न जाने
न कुट्न जाने 
न बन्दुकले भुट्न जाने 
त्यसैले राजाहरूका सालिक राख्नै हुन्न 
राख्नुपर्छ शालिकहरु प्रकाशहरूका 
प्रकाशहरूका बाउहरूका 
प्रकाशहरूका आमा र मामाहरूका 
प्रकाशहरूका ल्याइता र ब्ययीताहरुका 
सगरमाथा शिविर मै रासलीला गर्नेहरूका 
ढिलो गर्नै हुन्न है कमरेड 
कुन बेला के हुन्छ कसलाई के थाहा !
त्यसैले बनाउ बनाउ शालिकहरु
अनावरण गराऊ छिटो छिटो 
बरु प्रकाशका बा आमाको सालिक पनि 
अनावरण गराऊ उनैका हातहरू बाट 
ढिलो गर्नै हुन्न अब 
किनकि यो लोकतन्त्र हो 
गणतन्त्र हो 
बरु सबैले जोड जोडले नारा लगाऊ 
कमरेड प्रकाश - अमर रहुन् !
सामन्ती पृथ्वीनारायण शाह - मुर्दावाद !
सामन्ती महेन्द्र र बीरेन्द्रहरु - मुर्दावाद !
लोकतन्त्र, गणतन्त्र - जिन्दाबाद !
भन्न भुलिएला नि फेरी,
सङ्घीयता पनि - जिन्दाबाद, जिन्दाबाद !

- राम प्रसाद खनाल, जुलाई १, २०२२


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक