20220728

नागरिकता ऐन संसोधनसम्वन्धि विधेयक राष्ट्रिय सभाबाट समेत पारित, प्रतिपक्षी एमालेले विपक्षमा मत जाहेर


 नागरिकता ऐन संसोधनसम्वन्धि विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएको छ । प्रतिनिधिसभाले एक साताअघि पारित गरेको सो विधेयक राष्ट्रियसभाबाट आज पारित भएको हो । प्रतिपक्षी एमालेले विपक्षमा मत जाहेर गरेपछि राष्ट्रिय सभाबाट बहुमतका आधारमा विधेयक पारित भएको घोषणा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभयो ।

अंगीकृत नागरिकतासम्वन्धि पुरानै व्यवस्था कायम राख्दै नागरिकता ऐन संसोधन विधेयक दुवै सदनबाट पारित भएको हो । विधेयकले जन्मसिद्ध नागरिकता, सर्तसहित आमाको नामबाट दिइने नागरिकता र गैरआवासीय नेपालीलाई नागरिकता दिने लगायत नयाँ व्यवस्था गरेको छ । अन्य बिषयमा विरोध नभएपनि प्रतिपक्षी एमालेले वैवाहिक अंगीकृत नागरिकताको बिषयमा आपत्ति जनाउँदै आएको छ । सरकारले भने सो बिषयमा सहमति नभएकाले पुरानै प्रावधानलाई निरन्तरता दिइएको बताएको छ । राष्ट्रिय सभामा आजको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले संविधानको व्यवस्था अनुसार नै विधेयक ल्याइएको बताउनुभयो ।

वैवाहिक अंगीकृत नागरिकताको बिषयलाई राष्ट्रियतासँग जोडेर टिप्पणी र बहस भइरहेका छन् । त्यसैलाई इंगित गर्दै गृहमन्त्री खाँणले भन्नुभयो । सरकारले फास्ट ट्रयाकबाट नागरिकता विधेयक ल्याएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभामा आज तेस्रो बैठकबाट विधेयक पारित भएको हो । अब सो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कानून निर्माण हुनेछ । कानून कार्यन्वयनका लागि नागरिकता सम्वन्धि नियमावली बनाउने गृहकार्य समेत गृहमन्त्रालयले गरिरहेको बताइएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक