20220728

बढ्दै कोरोना संक्रमण : गत २४ घण्टामा ७ सय १० जना नयाँ संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ / पछिल्लो २४ घण्टामा ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ५४१ पिसीआर र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ। यही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन्।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक