20220709

तपाईँको र्‍याप सुनेर वा तपाईँ र्‍यापर यमबुद्धको चेला भएर तपाइलाई काठमाडौँ बासीले मत दिएका हुँदै होइनन् है हेक्का होस ।

 अस्ति भर्खर हो निर्वाचित भएर आएको । यति छिटो, जन भावनामा ठेस पुग्ने गरी, पहिला महानगर पालिकाको बजेट बाट, विरोध सुरु भए पछि "म मेरो तलब बाट र्‍यापर यमबुद्धको सालिक बनाउँछु"  भनेर आफ्ना शुभ चिन्तक, मतदातालाई सामाजिक सञ्जाल मार्फत उत्तर फर्काउनु भएछ, च्यालेन्ज गर्नु भएछ, चित्त दुखाउनु भएछ मेयर बालेनजीले, यस्तो देख्दा सुन्दा दुःख लाग्यो ।  

 बालेन जी, तपाईँको काठमाडौँ सपार्ने योजना र भिजनलाई हो हामीले समर्थन गरेको, काठमाडौँ बासीले त्यस कारण हो "ठुला दल" का "ठुला" हौँ भन्ने उमेदवारहरुलाई हराएर तपाईँलाई ऐतिहासिक जित दिलाएको । तपाईँको र्‍याप सुनेर वा तपाईँ र्‍यापर यमबुद्धको चेला भएर तपाइलाई काठमाडौँ बासीले मत दिएका हुँदै होइनन् है हेक्का होस । 

तपाईँको शुभेच्छुक भएरै, दोहोर्‍याएर भन्छु - र्‍याप हाम्रो मौलिक संस्कृति हुँदै होइन । तपाईँका यमबुद्ध सालिक बनाउन योग्य र देशका लागि योगदान दिएका पात्र हुन कि होइनन् त्यसमा पनि आफै सर्भे गर्नुस् । 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक बनाउँछु भनेको भए तपाईँ प्रति कति गर्व गरिन्थ्यो होला, गर्थे होला सबैले ! नराम्रो सँग चुक्नु भयो । रियलाइज गर्नुस् । तपाईँ मेयर भइसक्नुभएको छ । हामी तपाईँले चुनाव अघि देखाउनु भएको सपना, भिजन र योजनाको कार्यान्वयन सुरु भएको हेर्न देख्न आतुर छौँ ।

 बालेन जी, कृपया तपाईँ आफ्नो पथ मा हिँड्नु होला, प्रचण्ड पथ हिँड्न थाल्नु भयो भने हामीले खबरदारी गर्नै पर्छ, सत्य बोल्नै पर्छ, लेख्नै पर्छ, यो हाम्रो नैतिक धर्म हो । तपाईँको विरोधी होइन समर्थक भएर यति लेख्ने हिम्मत आएको हो । तपाईँको जीतमा हामी आफ्नै जीत देखेका, महसुस गरेका शुभचिन्तक भएर यो लेखिएको हो । उरन्ठ्याउले, र्‍यापे, ट्यापेहरुको गाली खानु पर्छ भने हजार गाली खान भोग्न तयार छु तर सत्य बोल्ने छु । 

अहङ्कारले मै हुँ भन्नेलाई बार्दली र कुना पुर्‍याएको छ देख्नु भएकै छ धेरै उदाहरणहरू । सच्चिनुहोला । जनभावना बुझ्नुहोला । होइन जिद्दी नै गर्नुहुन्छ भने, यमबुद्धको मात्रै होइन  भेलु बाजे र भिटेनको  पनि सालिक मेरै तलब बाट बनाउँछु भन्नुहुन्छ भने हामीले भन्ने एउटै कुरा हुन्छ, त्यो हो - तपाईँकै घर कम्पाउन्डमा बनाउनुहोला । महानगर पालिकाका सार्वजनिक स्थलमा होइन । सत्य तितो हुन्छ है ! 

- रामप्रसाद खनाल 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक