20220831

सहकर्मी न्यायाधीश, राजनीतिक दलका नेता, बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाउँदै प्रतिसोध साँध्न मात्र आफूलाई महाभियोग लगाएको निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराको खुलासा

 निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमा बयान दिदै आफू विरुद्धको महाभियोगको औचित्य समाप्त भएको बताउनुभएको छ । समितिमा वयानका क्रममा आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै जबराले सहकर्मी न्यायाधीश, राजनीतिक दलका नेता, बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाउँदै प्रतिसोध साँध्न मात्र आफूलाई महाभियोग लगाएको जिकिर गर्नुभएको छ । समिति सदस्यहरुका अनुसार, जबराले एमाले नेतृत्वको सरकारको पालामा भएको संसद विघटनविरुद्ध अदालतले गरेको परमादेश र ललिता निवास जग्गा प्रकरण लगायत प्रसंग उठाउँदै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाएको टिप्पणी समेत गर्नुभएको छ । 

न्यायपालिकाको गरिमा जोगाउन असफल भएको भन्दै आलोचित जबराले उल्टै न्यायाधीशको कार्यसम्पादन र कानून व्यवसायीको भूमिकामाथि समेत प्रश्न उठाउनुभएको समितिका एक सदस्यले जानकारी दिए । त्यस्तै, आफूविरुद्ध आन्दोलनमा सक्रिय भएका वार एसोसिएसनका पूर्व पदाधिकारीको आलोचना गर्नुभएको थियो । समिति सदस्य एवम् नेपाली कंग्रेसका सांसद मीन विश्वकर्माले वयानका क्रममा जबराले सीमा बाहिर गएर समेत धारणा राखेको बताउनुभयो । सत्तारुढ दलका सांसदहरुले २१ वटा आरोपसहित जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए । वयानका लागि पुगेका जबराले आरोपको प्रतिवाद गर्दै सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाएको समिति सदस्यहरुले बताएका छन् । अन्य न्यायाधीशका कारण आफूले कतिपय आदेश र फैसलामा एकमतले निर्णय गर्न नसकेको जवाफ समेत उहाँले दिनुभएको थियो ।

समिति सदस्यहरुका अनुसार जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारिएको छ । तीमध्ये जबराले आज पहिलो दिन ४ वटा प्रश्नको सन्दर्भमा जवाफ दिनुभएको हो । उहाँले केही कानून व्यवसायीको नाम नै उल्लेख गरेर स्वार्थ पुरा नभएपछि उनीहरुले महाभियोग ल्याउन भूमिका खेलेको टिप्पणी समेत गर्नुभएको छ । बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीस मागेको तर माग पूरा नभएपछि आफू माथि महाअभियोगको प्रस्ताव ल्याउन दबाब दिएको जवाफ फर्काएको समिति सदस्य कृष्णभक्त पोखरेलले बताउनुभयो । बयान आज नसकिएपछि जबरालाई भोलि पनि समितिमा बोलाइएको छ । नेपालको इतिहासमा न्यायपालिकाका प्रमुखले महाभियोगको सामना गर्दै पहिलो पटक संसदीय समितिमा वयान दिएका हुन् ।

जबरासँगको पहिलो दिनको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले बुधबार झण्डै चार घण्टासम्म बयान लिएको थियो । बयान बिहीबार पनि हुने समिति सदस्य लालबाबु पण्डितले जानकारी दिनुभयो । ‘चार घण्टासम्म उहाँले बयान दिनुभयो,’ पण्डितले भन्नुभयो, ‘सुरुवातमात्रै भएको छ, पूर्णरुपमा हामी आरोप पुष्टि भयो भएन निष्कर्षमा पुगेका छैनौं ।’

समितिका अर्का सदस्य प्रमोद साहका अनुसार जबराले दिएका जवाफमा कतिपय व्यक्तिहरुको नाम जोडिएकाले उहाँहरुसँग पनि बयान लिन सकिने बताउनुभयो । समितिका अर्का सदस्य मीन विश्वकर्माले भने जबराले गोलमटोल जवाफ दिनुभएको बताउनुभयो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक