20220825

सुरक्षा मापदन्ड नाम मात्रै, कोरोना बाट आज ३ जनाको मृत्‍यु, ४४४ जनामा सँक्रमण

काठमाडौँ । तीजको मुखमा भेला, जमघट, नाच गान जारी छ । कसैले कोरोनाको क लिँदैनन । कोरोना भाइरसको सङ्क्रमण बध्दै गैरहेको छ ।  आज ४ सय ४४ जनामा देखिएको छ सँक्रमण । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ४ हजार ९ सय ५४ परीक्षणमध्ये ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार १ सय ९९ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई ३ सय ७ जना घर फर्किएका छन् । आजै कोरोना भाइरसको सङ्क्रमणबाट ३ जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९ सय ९८ जनाको सङ्क्रमणबाट निधन भएको छ । ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । 

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् । होम आइसोलेशनमा ४ हजार २६, संस्थागत आइसोलेशनमा १ सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ५ हजार ५ सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक