20220825

हामीले हाम्रो मौलिकता जगाइयो की बगाइयो ?


 - राधा पौडेल 

१) तिज त कृष्णा अष्टमी देखि पञ्चमीको पूजा लगाइन्जेल सम्म मनाइयोस्।

२) तीजमा त वास्तव मै माइतीबाट श्रद्धासँग चेतिबेटी लाई बोलाइयोस् वा लिन गइयोस्  ।

३)   भोज खान र गर गहना देखाउन भनेर हैन भित्री हिर्दय देखी नै चेली आफना छोरा छोरी साना छन् भने  पनि संगै लिएर अत्यनै श्रद्धासंग  आफनो माइती घर गाइयोस्।

४)) रातो सारी चुरा पोते सिन्दुर टिकाले सजिएकि चेली देख्दा  देख्नेलाई पनि  तीज आएकाे  आभास होस्  ।

५)) आमाले ,  मामा घरको हजुरआमाले,भाउजुले , माइजुले पकाउनु भएको  झिनुवा,  मसिना, कालिजिरा चामलको भुजा, अनदीका चामलकाे लट्टे  आधी रातमा (कुखुरो नबास्दै) केटाकेटीलाई खलबलाउँदै उठाएर दर  खान पाइयोस् ।  

६)) दर तीजको अघिल्लो दिन अनि कसै कसैले अष्टमीको अघिल्लो दिन पनि खान्थे  त्यस्तै होस् । बारीमा  साँचेर  राखेको काँक्रो,  बार्दलिमा व्रतका दिनलाई भनेर झुन्ड्याएको पाकेको केराकाे घरी होस् । जुन ,ब्रत काे दिन घाम अस्ताएपछि खान पाइयोस् ।  

७) दिनभरी व्रत बस्दा पनि, गीत गाएर नाच्दा पनि शरीरमा आउने स्फूर्ति सधैँ  रहीरहोस्।

 ८)) बाल्यकालका साथीहरुसँग भेट होस् धुमधाम सँग गीत  नाच होस् । जहाँ दिदी बहिनी , साथीहरु तथा आमा ,छोरी  हुन् । ९) ) पैसा कमाउने गीतमा दाजुभाईहरु हामीसँग जे पायो त्यही गीत गाउँदै नआउन।

१०) ) दीदी बैनीहरु पनि आधा हर मात्र ढाकेर जे पायो त्यही गीतमा बुरुक बुरुक नगरुन् ।

जहाँ हाम्रा बाबा र दाजु भाइ हरु हाम्रो गीत सुनेर र हाम्रो  नृत्य  हेरेर दँग परुन्  गीत भित्र हाम्रो पन झलकियोस् । हाम्रा आफ्ना कथा व्यथा,उन्नति प्रगति , संघर्ष तथा समाजका विसङ्गति र विकृति का विरुद्द गित बोलुन् l

स्वदेशका इच्छा , विदेशका  व्यथा ,  पुराना सम्झना , रमाइलाकाे वर्तमान ,  आदि आदि आफ्नो गाउँ ठाउँ अनुसार रमाउन पाइयोस्।

११)   हातले बाध्य बादनकाे काम गरोस् सबैको सुमधुर स्वर निस्कोस् र सबैको सिर्जनात्मक क्षमता , साङ्गीतिक क्षमता,र गायन क्षमता को पहिचान होस् ।  हरेक घर घरको कहानी  गीत ले बोलोस् ।

१२) ) गीतले विभिन्न लय र ताल बोकोस्   विभिन्न ठाउँको भाषा र भाषिका बोकोस्।  

१३)) तीजकाे गीतलाई बिगारेर पैसा कमाउनका लागि बजार हेरेर व्यवसायीकरण पटक्कै नगरियोस्।

  तीज पैसा कमाउने पेशा काे नाम हैन । याे त अत्यन्त पवित्र  पर्व हो ,यो पर्वसंग शिवाजी र पार्वतीको चोखो प्रेम कहानी जोडिएको छ । हामी सबैका श्रीमान श्रीमती बीच पनि यस्तै श्रद्धा का अमर कहानी बनुन ।  अर्को याे पर्व संगै  जन्म दिने बाबा आमा र  आफु हुर्केको आँगनको सम्बन्ध  हुन्छ। अनि यस्तै गरी छोरी चेलीको भाग्य र  सुहाग सँगकाे  प्रगाढ सम्बन्ध हुन्छ  । यति स्वच्छ र सुन्दर पर्व लाई हामीले निरन्तरता दिनु छ हाम्रा दोस्रो पिँढीलाई  सिकाउनु र बुझाउनु छ  । जे पायो त्यही  भन्दै (रत्यौली, झ्याउरे , चुड्का,  मारूनी, काँठे र रोधी ) गीत भित्र "तीज "भन्ने शब्द राख्दै मा  त्यो तिजको जीत बन्न सक्दैन । हुन त सबै गीतले आ आफनो ठाउँमा आफ्नै अस्तित्व बोकेका हुन्छन् । सबै गीतको आफनै महत्व हुन्छ ।  तर तीज बन्न तीजका  जस्तै  गीत गाइनु पर्छ भन्ने मेराे मान्यता रहेको छ ।

याे  पर्व हामी सबैको हो अनि हाम्रो धर्म संस्कार,र संस्कृति जोगाउन पनि हामीले नै पर्छ अत : जे पायो त्यही  गीत गाउने र नाच्ने नगरौं  चाड पर्व लाई चाड पर्व जस्तै गरी मनाएर आफ्ना छोरा छोरीलाई  असल संस्कार र  हाम्रो संस्कृतिका बारे  सिकाउँ ।

 कृपया ज जस्ले याे पोस्ट पढ्नु हुन्छ कस्तो लाग्यो  भन्नु हाेला मेरा दाजुभाई माइती मावलीहरु सबैजनालाई म चेलीको तर्फबाट तिजको मुरी मुरी शुभकामना छ । मेरा छोरा छोरी नाति नातिना र भान्जा भान्जी हरूलाई आफनो धर्म र संस्कार नछोडे भन्ने  आशीर्वाद छ । साथीभाई हरूलाई अर्कोसाल भेट भएस् भन्ने सुभेच्छा छ ।

सबैको जय होस् । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक