20220825

रातारात हिन्दी चलचित्र "नायक" को अनिल कपुर सम्झिनु गल्ती हुने रहेछ, अब उप्रान्त म "पर्ख र हेर"

 


व्यक्तिगत रूपमा नेपाली फोहोरी राजनीति बाट पूर्ण रुपमा अलग र स्वतन्त्र मान्छे म, मलाई कसैसँग कुनै लेना देना छैन । राम्रो लाई राम्रो भन्छु, सत्य लाई सत्य भन्छु तर गलतलाई सही र नराम्रो लाई राम्रो भन्ने, चेपारे बन्ने त्यो विशेष योग्यता म मा छँदै छैन र हुने पनि छैन । बालेन, हर्क र गोपाल हमालजीहरूको म शुभचिन्तक मात्र होइन समर्थक पनि बनेँ, आफूले भनेर हुने हरूलाई उनीहरूलाई नै भोट गर्नु है पनि भनेँ चुनावका बेला । 

एउटा पत्रकारिता र कलकारिताको विद्यार्थी म, प्रवास बाट समेत कलम चलाएर, बोलेर मैले जे जति गर्न सक्थेँ गरेको हुँ, गरेको छु अहिले पनि । राम्रै काम गरिरहेका भनिएका बालेन को अल्लारे सालिक काण्ड र हर्क राई को थुतुनो, फेसबुक लाइभ र उरन्ठ्याउला स्ट्याटस काण्डहरू पछि अझै पनि वहाँहरू सुध्रिएको, परिपक्व भएको, काममा पूर्ण सफल भएको हेर्न, देख्न चाहने वहाँहरूको शुभचिन्तक म एउटा के निष्कर्षमा पुगेको छु अहिले भने हामीले कसैलाई पनि झ्याप्पै विश्वास गरिहाल्न हुने रहेनछ । रातारात हिन्दी चलचित्र "नायक" को अनिल कपुर सम्झिनु गल्ती हुने रहेछ । चलचित्र, कथा, गीतमा भनिए जस्तो हुँदैन र त्यो सबै कुरा यथार्थ जीवनमा सम्भव पनि छैन ।

 अब उप्रान्त म "पर्ख र हेर" लाई बढी फलो गर्ने भएको छु । यद्यपि बालेन र हर्क अझै पनि दुवै सुध्रिएको देख्न मन छ । गोपालजीको हकमा म वहाँको परिपक्वतालाई प्रशंसा गर्दछु र हाम्रो विश्वास लाई टुट्न दिनुहुने छैन कामना पनि गर्दछु । हामी स्वतन्त्र मान्छेहरू तपाईँहरू तिनै जनाको शुभचिन्तक रहिरहन पाउँ विशेष अनुरोध पनि गर्दछु ।

हामी नेपालीहरू कुनै एउटा सानो कुरामा हसक्कै हुने, रातारात मान्छे लाई देबत्वकरण गर्ने, नायक सम्झिने, भोलि देखी गाली गर्न थाल्ने यस्ता कुरामा बढी माहिर छौँ । त्यसैले होला हामीले बारम्बार धोका पाइरहेका छौँ । अब पनि धोका हुने काम गर्नुहुन्न भन्ने मेरो मान्यता छ । मेरो धारणा यस्तो रह्यो यहाँ को कस्तो छ कुन्नि !

 - रामप्रसाद खनाल 

 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

         


          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक