20220822

विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटाको अपील : पार्टीलाई नयाँ शिराबाट माथि उठाएर अगाडि बढौं


 

आदरणीय साथीहरु, हार्दिक अभिवादन ।

सर्वप्रथम विवेकशील साझा पार्टीको अध्यक्षमा मलाई चयन गर्नुभएकोमा पार्टी केन्द्रीय समितिका साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु। विवेकशील साझाको स्थापनाकालका एकजना संयोजक स्वर्गिय उज्वल थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र स्थापनाकालदेखि पार्टीको नेतृत्व गर्नुभएका संयोजक÷अध्यक्ष रवीन्द्र मिश्रप्रति हार्दिक आभार प्रकट गर्दछु।


नेपालमा वैकल्पिक राजनीतिको मर्म अनुरुप डेलिभरीको राजनीति गर्न विवेकशील साझा पार्टीको स्थापना गरि मार्गनिर्देश प्रदान गर्नुभएका संस्थापक नेताद्वय स्व. थापा र मिश्रको योगदानप्रति मुक्तकण्ठले प्रशंसा गर्दछु।


पार्टी स्थापना भएयता आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता, निर्वाचन परिणाम लगायतका थुप्रै अप्ठ्यारा चरण पार गर्दै पछिल्लो समय नेतृत्वबिहिन बनेको पार्टीलाई गति प्रदान गर्न आफ्नै जीवकालमा यो देश रुपान्तरण गर्ने हुटहुटी सहित विवेकशील साझामा जोडिनुभएका सम्पूर्ण साथीहरुको अथक प्रयास सदा स्मरणीय रहनेछ।

र नयाँ अध्यक्षको रुपमा म चयन भएयता शुभेच्छ्या र शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण साथीहरुलाई एकमुष्ट धन्यवाद व्यक्त गर्दछु।

यहाँहरुका शुभेक्षा र शुभकामनाका शब्दहरुले पार्टीलाई सुदृढ बनाउन र स्थापनाको मर्म अनुरुपको विवेकशील साझाको राजनीतिक छवि कायम राख्न मलाई उर्जा प्रदान गर्ने छ भन्ने विश्वास लिएकी छु।


अध्यक्ष चयन हुनासाथ निर्वाचन आयोगमा दल दर्ता लगायतका प्राविधिक कामहरुमा अल्झिनु परेका कारण देशभरका साथीहरुसँग अन्तरक्रिया गर्न ढिलाई भएकोमा क्षमाप्रार्थी पनि छु।

यद्यपि अब चाँडै केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिका साथीहरुसँग छलफल गरि पार्टी सुदृढिकरण र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा होमिने प्रष्ट कार्ययोजना र समय तालिका सहित यहाँहरु समक्ष आउने प्रतिवद्धता पनि व्यक्त गर्दछु।


पार्टीले विभिन्न अप्ठ्यारा चरणहरु पार गर्दै जाँदा निरास भएर जिम्मेवारीबाट अलग हुनुभएका, निष्क्रिय बस्नुभएका, राजिनामा दिनुभएका, दल त्यागको घोषणा गर्नुभएका देश भित्र तथा विभिन्न देशमा रही सद्भाव समुह मार्फत विवेकशील साझामा योगदान गरिरहनु भएका सम्पूर्ण साथीहरुलाई जिम्मेवारीमा फर्किन र पुनः जोडिन अनुरोध गर्दछु।


वैकल्पिक राजनीतिको स्थापनाको मर्म बमोजिम हिजो भएका गल्ती, कमी कमजोरी सुधार्दै जानू अत्यावश्यक छ।

हामी विकास, सुशासन, संबृद्धि, सामाजिक न्याय र पब्लिक सर्भिस डेलिभरीको मुद्धालाई शिरमा बोक्ने राजनीतिक दल होैँ। अब पार्टीलाई नयाँ शिराबाट माथि उठाएर अविचलित ढंगले राजनीतिको नयाँ भाष्य स्थापना गर्नका लागि आगामी मंसिर ४ गते तोकिएको निर्वाचनमा एक ढिक्का बनेर अघि बढ्न म सम्पूर्ण पार्टी सदस्यहरु र आम शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछु।


समिक्षा बास्कोटा

अध्यक्ष

विवेकशील साझा पार्टी

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक