20220808

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रदेशभर आर्थिक वर्ष २०७८/०७९ मा हराउनेको संख्या एक हजार ३ सय ३० !!

 धनगढी । सुदूरपश्चिममा एक वर्षको अवधिमा १३ सय बढी मानिस हराएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रदेशभर आर्थिक वर्ष २०७८÷०७९ मा हराउनेको संख्या एक हजार ३ सय ३० रहेको छ । जसमध्ये महिलाको संख्या सबैभन्दा बढी ७७० रहेको छ । त्यसपछि हराएका बालिकाको संख्या पनि बढी छ । प्रदेशमा एक वर्षको अवधिमा ३२४ जना बालिका हराएका छन् । त्यस्तै, १८४ जना बालक, ३८ जना पुरुष र १४ जना ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कैलालीबाट हराएका छन् । कैलालीबाट मात्रै ५५७ जना हराएका हुन् । जसमा महिलाको संख्या बढी छ । ३४८ जना महिला, १३८ बालिका, ६९ बालक र २ जना ज्येष्ठ नागरिक हराएका छन्। बेपत्ता हुने पुरुषको संख्या भने शून्य छ ।


त्यसैगरी कञ्चनपुरबाट ३४६ जना बेपत्ता छन्। कञ्चनपुरबाट हराउनेमा पनि महिलाकै संख्या बढी छ। १९७ जना महिला, बालिका ९६ जना, बालक ४५ र ज्येष्ठ नागरिक ८ जना बेपत्ता भएका छन्। जिल्लामा बेपत्ता पुरुषको संख्या भने शून्य नै छ ।


उता दार्चुलामा ७८ जना हराएका छन् । महिला ३४, बालिका २२, पुरुष र बालक ११/११ जना हराएका छन् भने बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य छ । अछामका ७४ जना हराएका छन् । जसमा ३२ जना महिला, २४ बालिका, १४ बालक, पुरुष ३ र एक जना ज्येष्ठ नागरिक रहेका छन् । त्यस्तै बाजुराका २३ जना महिला, २१ बालक, १५ बालिका र १३ जना परुष गरी ७२ जना बेपत्ता छन् ।


बझाङका ४० महिला, १२ बालक, ८ बालिका र ३ जना ज्येष्ठ नागरिक गरी ६३ जना हराएका छन् भने बेपत्ता पुरुषको संख्या शून्य छ । बैतडीका ३७ महिला, १४ बालिका, ६ बालक र ३ पुरुष गरी ६० जना हराएका छन्। बेपत्ता ज्येष्ठ नागरिकको संख्या भने जिल्लामा शून्य छ ।

त्यसैगरी डडेल्धुराका ४८ जना हराएका छन्। ३६ जना महिला, ५ पुरुष, ५ बालक र २ जना बालिका हराएका छन् । डडेल्धुरामा पनि बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य छ । सबैभन्दा कम संख्यामा डोटीबाट मानिस बेपत्ता भएका छन् । अन्य जिल्लाको तुलनामा हराएका तथा बेपत्ता भएकाको संख्या जिल्लामा कम रहेको पाइएको हो । जिल्लाका २३ जना महिला, ५ बालिका, ३ पुरुष र एक जना बालक बेपत्ता छन्। डोटीमा पनि बेपत्ता ज्येष्ठ नागरिकको संख्या शून्य नै छ ।


यसरी प्रहरीको तथ्याङ्कलाई हेर्दा प्रदेशभर हराएका महिलाको संख्या सबैभन्दा बढी र ज्येष्ठ नागरिकको संख्या सबैभन्दा कम रहेको पाइएको छ । प्रदेशमा महिला र बालिकाको हराउने संख्या उच्च छ । कैलाली, कञ्चनपुर र बझाङका एक जना पनि पुरुष बेपत्ता नभएका अर्थात यी तीन जिल्लामा बेपत्ता पुरुषको संख्या शून्य छ भने दार्चुलाका सबैभन्दा बढी पुरुष बेपत्ता भएका तथ्यांकमा उल्लेख छ । त्यस्तै यी तीन जिल्लाका बेपत्ता भएका महिला र बालबालिकाको संख्या अन्य जिल्लाभन्दा उच्च छ ।


हराएकाहरुमध्ये १ हजार २५ जना फेला परेका छन् । जसमा ५५४ जना महिला, बालिका २७३ जना, बालक १६० जना, पुरुष २९ जना र ज्येष्ठ नागरिक ९ जना फेला परेका छन् । कैलालीका ४४६ जना, कञ्चनपुरका २३३, दार्चुलाका ७५, अछामका ७०, बझाङका ५८, बाजुराका ५७, डडेल्धुराका ४२, बैतडीका ३३ र डोटीका ११ जना फेला परेका हुन् ।


प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलका अनुसार धेरैजसो कामको शिलशिलामा भारत वा अन्यत्र जाँदा हराउने तथा सम्पर्कविहीन हुने गरेका छन् भने कतिपय महिला तथा बालिकाहरु भागेर बिहे गर्ने गरेका छन् । कतिपय अवस्थामा उनीहरु भेटिए पछि बिहे गरी वा गर्नका लागि भागेको पाइने गरेको उनले बताए ।


हराएकाहरु आफन्तले भेटाइसकेपछि वा सम्पर्कमा आइसकेपछि जानकारीमा नआउने गरेको उनीबताउँछन् । यद्यपी प्रहरीमा हराएको जानकारी आएको १५÷२० दिनमा भेटिए÷नभेटिएको बारे परिवारबाट जानकारी लिने गरेको प्रवक्ता रावलले बताए। हराएका आफन्त भेटिइसकेको जानकारी प्रहरीमा नगराउँदा तथ्यांक एकिनमा भने प्रभाव पर्ने देखिएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक