20220830

के अहिले अमेरिकामा घर जग्गा किन्ने उपयुक्त समय हो ?

म कसैलाई अर्ति उपदेश वा सल्लाह दिन चाहन्न, तर एउटा रियल स्टेट इन्भेस्टर / कन्सल्टेन्ट हुनुको नाताले मैले बुझेको मेरो आफ्नो कुरा यहाँ राख्दै छु । सन २००५ मा जसरी अमेरिकामा घर जग्गाको मूल्य आकासिएको थियो अहिले उही हालत छ । त्यो बेला २००६, ००७ देखी कसरी घर जग्गाको मूल्य मा भारी गिरावट आएको थियो अब पनि त्यस्तै हुन्छ भन्ने एकथरी अर्थबिज्ञहरुको तर्क छ भने अर्का थरी अर्थबिज्ञहरु त्यो बेला र यो बेला उस्तै नभएको जिकिर गर्दै गिरावट आउन सक्ने तर त्यो बेलाको जस्तै नभै अलि कम  हुन सक्ने जिकिर गर्छन् ।

 यस्तो अवस्थामा मलाई लागेको कुरा :

१- यो बेला आफ्नो व्यक्तिगत प्रयोजनका लागि सानो वा आफ्नो परिवारलाई ठिक्क हुने घर जग्गा किन्नु ठिकै हो तर धेरै महँगो हालेर आफू बस्ने घर किन्नु बुद्धिमानी होइन । किनकि बस्ने घरले रिटर्न दिँदैन । 

२- अहिले एकातिर घर जग्गाको मूल्य आकासिनु र सँगसँगै मोर्गेज रेट पनि धेरै माथि पुगेको अवस्थामा आवासीय घरमा लगानी अत्यन्त जोखिमपूर्ण हुनसक्छ । 

३- अहिले घर जग्गा किन्ने भन्दा पनि बेच्नेहरूका लागि उपयुक्त समय हो । यदि मूल्यमा गिरावट आयो भने त्यो बेला लगानी गर्दा रिटर्नका हिसाबले बढी बुद्धिमानी हुन सक्छ । त्यसैले अरे अरेका भरमा सकी नसकी धेरै महँगो हालेर घर जग्गा नकिन्नु नै ठिक होला ।

४- अमेरिकामा पनि रुस र युक्रेनको युद्ध, ताइवान चीन तनाव लगायतका विविध कारणहरूले महँगी बढ्नु, अर्थतन्त्र धराशायी नभए पनि त्यति राम्रो अवस्था भने अवश्य छैन त्यस कारण शेयर बजारमा आएको भारी गिरावट जस्तै समग्र अर्थतन्त्रमा गिरावट आउने सम्भावना धेरै छन् भने वर्तमान सरकारले यहाँ अर्थतन्त्र राम्ररी सम्हाल्न नसकेको कुरा सत्तारुढ दल भित्र बाटै आएको मात्र छैन सर्वेक्षणहरूले पुस्टि समेत गरिसकेका छन् । तसर्थ धेरै सोँच बिचार गर्नुपर्ने बेला छ अहिले । 

उसो भए के गर्ने त ? 
१- अमेरिकामा अहिले अरू कारणले भन्दा पनि कोरोना सुरु भए यता सरकारी निःशुल्क राहत र बसेर खाने बानी परेका अल्छीहरूको कारण काम गर्ने मान्छेको अभावमा बिजनेसहरू बिक्री भइरहेका छन् । उपयुक्त बिजनेस हेरी त्यसमा लगानी गर्दा बढी उपयुक्त हुन्छ र बिजनेसले रिटर्न बढी पनि दिन्छ । 

२- मेरो व्यक्तिगत बिचारमा अमेरिका बिजनेसका लागि बढी उपयुक्त छ । ठुला ठुला प्रोफेसनलहरूको जागिर को कुरा अलग हो नत्र ४० घन्टे साना तिना जागिर गर्नु भनेको दिन कटाउने, जसो त्यसो खाना बस्न पुर्‍याउने र आफैलाई बिताउने मात्र हो भन्ने मेरो मान्यता छ । यो मेरो नितान्त निजी बुझाई र विश्लेषण हो । आगे तपाईँहरूको जो मर्जी !     - रामप्रसाद खनाल        

         

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक