20220830

कुकुर, कुकुर्नी डान्स !

नाच्नु हुन्न अब आधुनिक नारीहरू  
आमा, हजुर आमाहरू नाचे जसरी
गाउनु हुन्न तीजका "पाखे" गीतहरू   
आमा, हजुर आमाहरू जसरी
व्रत पनि किन बस्नु आधुनिक नारीहरू 
लगाउनु पर्छ ह्विस्की, बियर, वाइन    
बजाउनु पर्छ डिस्को म्युजिक 
पर्नु पर्छ घोप्टो, कुकुर जसरी 
र नाच्नु पर्छ कुकुर, कुकुर्नी डान्स
काम छैनन् पुराना मादले तीज गीत अब 
किन बिसाउनु गीतमा पिर र व्यथा अब 
मेरी पियारी पनि मदहोस छन् आज 
किनकि उनी पनि भर्खर फर्किन तीज मनाएर 
नचाएछन् दिदी बहिनीले कुकुर्नी बनाएर ! 
- रामप्रसाद खनाल        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक