20220825

बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरे

 


बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरेका छन् । बुल्गेरियामा हिजो उनले उडान भरेको विमान अवतरण गरेपछि उनी सानो विमानमा एक्लै उड्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् । यो कीर्तिमानका लागि पाँच महिनाअघि म्याकको यात्रा सुरु भएको थियो ।

आफ्नो कार्य पूरा गर्न र दुई गिनिज वर्ल्ड रेकर्ड दाबी गर्न बुल्गेरियाको राजधानी, सोफियाको पश्चिममा उनले एयरस्ट्रिप अवतरण गरेका हुन् । रुथरफोर्ड एक्लै संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो व्यक्ति बन्नुका साथै माइक्रोलाइट प्लेनमा विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

उनको स्वागत र उपलब्धिमा खुसियाली मनाउन मानिसहरूको ठूलो भीड एयरपोर्टमा जम्मा भएको थियो। म्याकले आफ्नो उपलब्धिले युवाहरूलाई आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने आशा व्यक्त गरे ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक