20220912

भाग्य भाग्य भनिन्छ नि वास्तवमा भाग्य भन्ने कुरा हुँदो रहेछ भन्ने कुरा हाम्रा प्रधानमन्त्री शेर बहादुर देउबाज्यु लाई हेर्दा विश्वास लाग्छ !


 भाग्य भाग्य भनिन्छ नि वास्तवमा भाग्य भन्ने कुरा हुँदो रहेछ भन्ने कुरा हाम्रा प्रधानमन्त्री शेर बहादुर देउबाज्यु लाई हेर्दा विश्वास लाग्छ । न बोल्ने ढङ्ग छ न त काम गर्ने । माफ गर्नुहोला सत्य तर तितो कुरा भन्छु - यति बेढङ्गको प्रधानमन्त्री मैले सुनेको पनि छैन र देखेको पनि छैन । पाँच पटक प्रधानमन्त्री भइसक्नु भयो, वहाँ सात पटक हुने योग छ भन्छन् ज्योतिषे र हुन पनि के बेर यस्तै चाला हो भने । तर मैले मलाई नै प्रश्न गर्छु - कुन योग्यता र क्षमताले वहाँ पाँच पटक प्रधानमन्त्री बन्नुभयो होला भनेर । मरिजाम मेरो मनले, मैले उत्तर भेटेको छैन । तपाइसँग कुनै उत्तर छ भने लौन यो बबुरोलाई सम्झाइदिनुस् कृपया । उप्परवाला देता हे तो छप्पर फाड के देता हे भन्ने कुरा हाम्रा प्रधानमन्त्रीज्यु लाई हेर्दा पुस्टी हुन्न र ? बोल्न धेरै जानेकाहरूले छलेर, धोका दिएर हैरान । बोल्न समेत नजानेकाले नेपाल र नेपालीको बेइज्जत गरेर हैरान । हामी नेपालीहरूलाई हैरानीले कहिल्यै नछोड्ने भयो हगी ! यसो भन्दा वहाँका समर्थक हरू झम्टिनुहोला म माथि । झम्टिनु अघि छातीमा हात राखेर मैले माथि भनेको कुरा मनमनै सोँच्नुस र मनन गर्नुस् त, के मैले गलत कुरा गरेँ र ? - रामप्रसाद खनाल 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक