20220906

विद्यूत् प्राधिकरणसहित १७ संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाको निर्देशन

 काठमाडौं महानगरपालिकाले विद्यूत् प्राधिकरणसहित १७ संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ । ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघर, खाद्य संस्थान, मनमोहन मेमोरियल कलेजसहित १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन महानगरले निर्देशन दिएको हो । महानगरका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता गर्दा पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताए । आज (मंगलबार)देखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने अधिकारीले बताए ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक