20220907

चलचित्र "नायक" को एक दिने मुख्यमन्त्री अनिल कपुर बन्न धेरैको चाहना हुन्छ तर यो कुरा पनि हामीले भुल्नुहुन्न कि त्यो दुई घण्टाको चलचित्र मात्र हो !

 चलचित्र "नायक" को एक दिने मुख्यमन्त्री अनिल कपुर बन्न धेरैको चाहना हुन्छ तर यो कुरा पनि हामीले भुल्नुहुन्न कि त्यो दुई घण्टाको चलचित्र मात्र हो । दुई घन्टे चलचित्र र वास्तविक जीवनमा धेरै फरक हुन्छ । वास्तविक नायक बन्न नियम, कानुन, व्यावहारिक पक्ष देखी विकल्प सम्मको ज्ञान र भिजन हुनु जरुरी हुन्छ । जन प्रतिनिधिहरू आफ्ना सेवाग्राही सँग बोल्दा विनम्र भएर बोल्नु जरुरी हुन्छ । कसैले कसैलाई हप्काउने, रिस देखाउने, झर्किने गर्छन् भने ती जनप्रतिनिधि हुन सक्दैनन् । जनप्रतिनिधिले नियम कानुन सङ्गत काम गर्ने गराउने, नियम विपरीत भए नियम कानुन अनुसार अगाडि बढ्ने हो । नियम कानुन नभए बनाउने हो । 

जिरो बाट हिरो बनाउने हरूले हिरो बाट जिरो पनि सजिलै बनाउन सक्छन् त्यसैले जुन सुकै, जहाँ सुकैका जन प्रतिनिधिले पनि भावावेश मा आएर, युट्युबे र फेसबुके हरू बोकेर एक छिनको हाइ हाई मा भन्दा पनि दीर्घकालीन सोच र भावी पुस्ताहरूका लागि समेत सोचेर नीति निर्णय गरुन्, कार्यान्वयन गरुन्, व्यवस्थित गाउँ, व्यवस्थित सहर बनाउन लागुन् । यसरी दीर्घकालीन सोच का साथ लाग्ने जन प्रतिनिधिहरूलाई सबैले साथ र समर्थन दिऊँ । 

हुन त हाम्रो देश र हामी जनता कस्ता छौँ भने आफ्नो बाहेक अरूको जे सुकै होस भन्छौँ । आफ्नै घरमा लास पार्ने हरूका पछाडि लाग्ने र तिनै अपराध गर्नेहरूलाई भोट हालेर नेता, सांसद, मन्त्री, प्रधानमन्त्री, राजनेता बनाउने हामीलाई भत्काउने, तोडफोड गर्ने शब्द निकै प्यारा छन् । एक जना सहरी विकास तथा पूर्वाधार विज्ञका अनुसार काठमाडौँ महा नगर पालिका भित्र मात्र होइन उपत्यकाका हरेक नगर पालिकामा नियम अनुसार बनेका घर संरचना हरू आधा पनि छैनन् रे ! यदि यो सत्य हो भने यसको समाधानका लागि विशेष योजना र भिजन जरुरी हुन्छ होला । देशका विभिन्न गाउँ पालिका देखी नगर पालिकाहरू सम्म दीर्घकालीन सोच र भावी पुस्ताहरूका लागि समेत सोचेर नीति निर्णय गरुन् जन प्रतिनिधिहरूले । एकै छिनको हाइ हाई का पछाडि नलाग्दै राम्रो होला । यो कुरा कुनै एक जनप्रतिनिधि वा एक पालिकाको मात्र नभै देशै भरका लागि सामूहिक रूपमा भन्न खोजिएको हो गलत अर्थ नलागोस् । धन्यवाद ।    - रामप्रसाद खनाल 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक