20220914

विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरुको समाधानाका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लागौं : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेस

 
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरुको समाधानाका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । मङ्गलबार संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभाको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरुलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताउनुभयो ।

सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६ औँ महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीहरुको पहिचान भएको थियो, तर ती अहिले पनि हामीसँगै छँदैछन् भन्नुभयो । ती समस्यालाई आगामी दिनमा सबैको समान प्रयासबाट समाधान निकाल्न सकिन्छ उहाँले भन्नुभएको छ । शान्ति, मानव अधिकार तथा जलवायु परिवर्तनका समस्याहरु हाम्रा सामु रहेकाले तिनको समाधानमा हामी सबै लाग्नुपर्छ उहाँले भन्नुभयो ।


उता विश्वका करिब ५ करोड मानिस जबरजस्ती श्रम, इच्छा विपरित विवाह तथा अन्य विविध संकटमा फसेको तथ्य सार्वजनिक भएको छ । श्रम तथा आप्रवासनका लागि संयुक्त राष्ट्रसंघीय निकायले गरेको गत वर्षको अन्त्यमा आधाभन्दा बढीलाई श्रमिकलाई इच्छाविपरीत काम गर्न बाध्य पारेको अध्ययनले जनाएको छ । यस्तै, सो अध्ययनले कयौँलाई इच्छाविपरित विवाह गर्न बाध्य पारिएको तथ्य समेत उजागर गरेको हो ।

अध्ययनका अनुसार विश्वमा हरेक १ सय ५० जनामध्ये एक जना आधुनिक दासत्वमा फसेका छन् । धम्की, हिंसा, शक्तिको दुरुपयोग वा जबरजस्तीका अन्य प्रकार घटनाबाट उनीहरु पीडित हुनुपरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबै प्रकारका आधुनिक दासत्व उन्मूलन गर्ने लक्ष्य राखेको छ । तर सन् २०१६ र २०२१ को बीचमा जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा परेका व्यक्तिको संख्या १० करोडले बढेको नयाँ प्रतिवेदनले देखाएको छ ।

कोरोना महामारीले कयौं कामदारको श्रम खोसिएको, कम तलवमा काम गर्नुपर्ने बाध्यता रहेको र ऋणको स्तर बढेको पाइएको अध्ययनले देखाएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक