20221025

आम निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ७ : जन समर्थन आफ्नो पक्षमा बढ्दै गैरहेको प्रतिभाशाली र क्षमतावान युवा इन्जिनियर आकर्सण पोखरेलको दाबी

नेपालमै सर्ब प्रथम स्काई वाक टावरको निर्माणका परीकल्पनाकार प्रतिभाशाली र क्षमतावान युवा इन्जिनियर आकर्सण पोखरेल आगामी आम निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ७ बाट प्रतिनिधी सभा सदस्यका लागि उमेदवारी दिए पछि चर्चामा छन । राष्ट्र लाई केही दिनुपर्छ, केही गर्नु पर्छ भन्ने पोखरेलले अहिले घर दैलोमा पनि जनताबाट आशा लाग्दो आश्वाशन पाइरहेको बताउँछन । जन समर्थन आफ्नो पक्षमा बढ्दै गैरहेको उनको दाबी छ । उनका काम गराइ, अन्तर्वातामा ब्यक्त बिचार आशा लाग्दा छन । चुनाव मा जनताले यी र यस्तै भिजन भएका युवाहरुलाई हो छान्नु पर्ने तर दु:खको कुरा बिगतमा राष्ट्र दोहन र जनताको रगत माथि होली खेल्ने देखी लुटतन्त्रका मतियारहरुलाई जनताले भोट हालिदिँदा देश अफगानिस्तान र श्रीलँका उन्मुख छ । यदी देश, जनताको कल्याण सोंच्ने   हो भने आकर्सण पोखरेल जस्ता स्वतन्त्र र भिजन भएका युवाहरुलाई भोट दिएर जिताउनु पर्ने अवस्था छ, जनताले मनन गरुन । आकर्सण पोखरेलका केही सान्दर्भिक अन्तर्वार्ता र सामाग्री तल प्रस्तुत गरिएका छन । शुभकामना आकर्सण पोखरेललाई नेपाल मदर डट कमको तर्फबाट पनि ।           



प्रेम बानियाँ लेख्छन - पूरापूर ६ वर्ष भएछ देश छाडेर हिँडेको ! १० वर्ष देशमा कुनैपनि खाले परिवर्तन नहुने संकेत छाडेर मैले देश छोड्दा अवस्था जस्तो थियो आज पनि उस्तै छ ! झन्झन् बिग्रिंदो छ ! यो निश्चितप्राय छ कि ६ वर्षअघि आगामी १० वर्षका लागि नेपालका प्रधानमन्त्रीहरु कोको हुनेछन् भनेर हिंडेको थिएँ तिनै देउवा, ओली, प्रचण्डकै वरीपरी शासनसताको म्युजिकल चियर घुमिरहेको छ । तर फरक मेरो पूर्वानुमानभन्दा कहीँ अलिकति परेको छ त जनताको उकुसमुकुसमा । यस्तो उकुसमुकुसले इतिहाँसको बेग परिवर्तन गरिदिन सक्छ । २००७, २०१७, २०३६, २०४७, २०६२/६३ अनि २०७२ (संविधानसभाबाट नेपालको संविधान जारी भएको) यसरी हरेक दसक वा दुईमा जनतामा एक प्रकारको उलटपुलट उकुसमुकुस भएकै छ । र, यो एकदमै फरकफरक आदर्श र उचाइबाट भएको छ । जस्तो ००७ र ०१७ सालबीचको प्रजातन्त्रका रंग र दमन अपत्यारिला फरक थिए, ०३६ र ०४७ का सम्पूर्ण अभ्यास फरक थिए, ०४७ र ०६२/६३ का झन् फरक थिए । ठीक यस्तैगरि ०६२/६३ वा संविधान जारी भएयताका वर्षहरु अनि यतिवेला भइरहेका अभ्यासहरु नितान्त फरक र समयसापेक्षिक छन् । यस्तो वेला परिवर्तनको एउटा नितान्त बेग्लै मूल फुट्न उकुसमुकुस छ समय ! परिस्थितीले भूगोलको पर्खाल बाहिर पुर्याए पनि पर्खालबाहिर जान नसकेको म, यो परिवर्तनको मोडमा यस समयका प्रत्येक सक्षम युवा र नयाँ पुस्तालाई नेपालको राजनीतिमा खासमा परिवर्तनको यो लडाईंमा मेरो बर्कतले भ्याएसम्म मद्दत गर्ने सोचमा उभिएको छु र यसको पहिलो उम्मेद्वारका रुपमा एक सक्षम, भिजिनरी र देशका उज्ज्वल पात्रका रुपमा प्रस्तुत र समर्थन गर्दैछु, साथी आकर्षण पोख्ररेललाई काठमाण्डौ क्षेत्र नम्बर ७ का लागि । लौरोमा मतदान आकर्षण पोख्रेलका लागि ।

लोकनाथ अधिकारी को तर्क यस्तो छ - आकर्षणलाई नै मत किन ? एक सक्षम, भिजिनरी र देशका उज्ज्वल पात्र हुन आकर्षण । यतिबेला काठमाडौ क्षेत्र नं ७ मा  घर दैलो अभियानमा हुनुहुन्छ । यो समय बिगतको  निर्मम समिक्षा गर्ने र भविष्य प्रति आशाबादी हुने समय पनि हो ।  पटक पटक गल्ती किन दोहोर्योउने,  यस पटक सहि दृष्टिकोण , स्पष्ट योजना , दीर्घकालीन सोच,पारदर्शीता र जबाफदेहीता बहन गर्ने उम्मेदवार चुनौ ।  पोखरेललाई मत दिदा पछुताउनु पर्देन । परिवर्तन सम्भब छ । पर्खनु बिकल्प होईन ।  

राम कृष्ण सिवाकोटी भन्छन - नेपालमै पहीलो पटक स्काई वाक टावरको निर्माणकर्ता क्षमतावान युवा इन्जिनियर आदरणीय ब्यक्तीत्व Aakarshan Pokhrel ज्जु को आगामी मङ्शिर ४ मा हुन गहिरहेको आम निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ७ बाट प्रतिनिधी सभा सदस्यको लागि उमेंरद्वारी रहेको हूँदा सम्पूर्ण काठमाडौ क्षेत्र नं ७ बासी आमाबूवा दाजूभाई तथा दिदीबहीनीहरुमा लौरो चूनाब चिन्हमा मतदान गरि अत्याधीक बहुमतले बिजयी गराउनुहुन बिनम्र अनुरोध गर्दछू । अरुलाई हेर्यौ पटक~पटक / आकर्षणलाई हेरौ यो पटक  

https://www.facebook.com/globaltvnepal/videos/1876302282714026

https://www.facebook.com/hellotvnepal1/videos/667766911229239

https://www.facebook.com/dc.nepal/videos/1243090979584338

https://www.facebook.com/100082806105267/videos/1319854935490203

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक