20221025

बेलायतका ऋषि सुनक र नेपालका नाम र थर फरक फरक भएका ऋषि सुनकहरु !


 भारतीय मूलका ऋषि सुनकलाई आज बेलायतका राजा चार्ल्सले बकिङ्घम प्यालेसमै बोलाएर हात मिलाएर प्रधानमन्त्री नियुक्त गरेका छन् । तितो लाग्ला - नेपालमा हामीले विगतमा धेरै ऋषि सुनकहरुलाई पालै पालो प्रधानमन्त्री बनाइसकेका छौँ । फरक यत्ति मात्र छ कि - बेलायतका ऋषि सुनक भारतीय मूलका भए पनि आफ्नै योग्यता, क्षमता, खुबी, अनुभब र काम गर्न सक्ने काबिल भएकाले प्रधानमन्त्री बने तर हाम्रो नेपालका नाम र थर फरक फरक भएका ऋषि सुनकहरु दिल्ली दरबारको आशीर्वादमा छद्म तरिकाले प्रधानमन्त्री बने, जनता द्वारा निर्वाचित हौँ भनाए, हामी जनतालाई बेकुफ बनाए । हाम्रा ऋषि सुनकहरुको योग्यता, क्षमता, खुबी भनेको अपराध गरेको, जेल परेको, दिल्लीको नजरमा योग्य ठरेको हो । त्यो भन्दा अरू केही देख्नु भयो र ??


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक