20221017

अमेरिकामा यसरी सम्पन्न भयो पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड एवम् चलचित्र महोत्सव २०२२

 
अमेरिकाको डेन्भर सहर कोलोराडोमा नेपाल फिल्म सोसाइटीको आयोजनामा अक्टोबर १३, १४ र १५ तारिखमा आयोजित पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड एवम् चलचित्र महोत्सव २०२२ भब्यताका सम्पन्न भएको छ । नेपाल देखी यस कार्यक्रमका लागि अमेरिका आएका अग्रज कलाकारहरु नीर शाह, शम्भुजित बास्कोटा, भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, रबिन्द्र खड्का, आर पी पन्त, झरना थापा देखी हामी अमेरिकामा रहेका अग्रज कलाकारहरु प्रेमराजा महत, रामप्रसाद खनाल, नारायण पुरी, सारङ्गा श्रेष्ठ, पूजा लामा, सुधाम्सु जोशी देखी थुप्रै कलाकारहरुको यो जमघट आफैमा एतिहासिक थियो । कार्यक्रममा अग्रज नायक शिव श्रेष्ठ देखी नब नायक अन्कित शर्मा सम्म, पुरानी नायिका शर्मिला मल्ल देखी नयाँ नायिका रिमा विश्वकर्मा सम्म को नाच, अन्य कलाकारहरुका नाच, अग्रज लोक गायकहरु प्रेमराजा महत र रामप्रसाद खनालका लोकगीतहरुले हल गुन्जिएको थियो ।      

निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । ‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ । हामी, चाडै नै अर्को फिल्म बनाउने तयारीमा छौं ’ अवार्ड थापेपछि पुनमले भनिन् । यसअघि यो फिल्म ‘डी सिने अवार्ड’ मा पनि उत्कृष्ट सावित भएको थियो ।  

नयाँ देखी पुराना सम्म कलाकारहरुको सहभागिता रहेको यो कार्यक्रममा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । झरना सोही फिल्मबाट ‘ए मेरो हजुर ३’बाट उत्कृष्ट निर्देशक घोषित भइन् ।

‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भए । जुरी स्पेसल अवार्ड चाहिं ‘मारुनी’ले जित्यो । वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले जितिन् । ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित भए । अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भइन् ।

डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ घोषित भए । सुधांशु जोशी उत्कृष्ट अभिनेता बन्दा उत्कृष्ट फिल्मको उपाधि ‘हेलो जिन्दगी’ले प्राप्त गर्‍यो । 

संगीतकार शम्भुजीत बाँस्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरियो । राम्रो अभिनय र नाच्न माहिर नायिका सारङ्गा श्रेष्ठलाई डायस्पोरा बिशेष चलचित्र पुरस्कार प्रदान गरियो ।  

समारोहमा अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरियो । भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरियो । मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका केही तस्विरहरु तल प्रस्तुत छन :     

































अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक