20221018

किन विदेशीयौं हामी ?

- कञ्चन जोशी (सान डियागो, अमेरिका) 


खोलानाला साना भए

समुन्द्रको चालले हामीलाई पुकारे

नयाँसडकका घरबाट गगन छेकिए

न्यूयोर्कको चाहिं गगनचुम्बी लागे

युवा न हो, मनभरि भरि

सुखमय संसारको तृष्णा जागे ।


हामी दौडियौं सात समुद्र पारी

साथी भाइका लहै–लहैमा लागेर

डिप्लोमा, स्वीटकेश र भारी मन बोकेर

छि¥यौं विदेश सपना मुरी मुरी लिएर ।


जब अमेरिका आइयो, लाग्यो

उता रुपैयाँका खात बोक्न गाह्रो

यता क्रेडिट कार्डले सबै खर्च ट¥यो

रुपैयाँको महगी म¥यो

डलरका कुखुरा झन सस्तो प¥यो ।


एक शताब्दीपछि फर्केर हेर्दा...

सपना र वास्तविकता मूल्याङ्कन गर्दा...


टल्केका गाडी र एपलका घडी

पिज्जा र बर्गर खाइयो पेट भरि

न समय रह्यो, न शान्ति नै मिल्यो

बाँच्ने संघर्षले पिरल्यो घरि घरि ।


नौघण्टे जागीर

कमाएको सबै विदेशमै ठिक्क

काम, घरधन्दा, सफाइ थाकेको शरीर

दसैं–तिहारको साटो क्रिशमसको रमझम

यताका न उताका, पहिचान विहीन भइयो

हरायौं हामी अमेरिकाको भीडमा ।


अमेरिका सम्पन्नता जून रहेछ

हाम्रा सपना यही जूनमा निहित छ

जूनले लोभ्याइरहेछ, जूनले एकोहो¥याइरहेछ

पश्चिमी विकास र पूर्वको संसार

के हो, के हो ? द्विविधामा छौं

देउताको मिश्रण पो हो कि सुखमय संसार ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक