20221019

जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७, १६ जना यात्रुहरू घाइते, घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक !

बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। बुधबार दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना परेको थियो । यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताए। उनका अनसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घाइतेहरूको अझै उद्धारकार्य जारी छ। साँझ परेकाले उद्धारमा कठिनाइ भइरहेको छ। जिप दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक