20221020

अपूर्व क्षितिज प्रकरण र नेपाल प्रहरीका बारेमा केही कुरा !

नेपाल प्रहरी किन निर्दयी बन्छ ? किन पक्षपातपूर्ण व्यवहार गर्छ ? किन नियत बस अनाहकमा मान्छेलाई दुःख दिन्छ ? यी र यस्ता यावत प्रश्न उठिरहेका छन् जन मानसमा अहिले । प्रहरी प्रतिको जन विश्वास गुम्दै जानु निकै दुःखद कुरा हो । हत्यारा, अपराधी र गुण्डाहरुलाई अदालतले पक्राउ गर भन्दा उसैलाई सुरक्षा दिएर हिंड्ने र फरार छ भनेर कानुनको धज्जी उडाउने प्रहरी प्रशासनले आफ्नो जन विश्वाश कायम गर्ने तर्फ बिशेष ध्यान देओस । प्रहरी संवेदनशील बनोस्, सत्य सेवा सुरक्षणम मात्र भनोस्, कसैको गोटी र पक्षपाती नबनोस् । प्रहरीले गुम्दै गएको जनताको विश्वास र भरोसा कायम राख्न सफल बनोस् । कमेडियन अपूर्व क्षितिज सिंह प्रकरण देखी सयौँ विगतका नजिरहरूले सत्य सेवा सुरक्षणमको खिल्ली उडाइरहेको छ यस तर्फ प्रहरीको ध्यान जाओस् । प्रहरी प्रति कसैले औँला उठाउन नपाओस् । हाम्रो भन्नु यत्ति हो । अपूर्व क्षितिजलाई प्रहरीले अति नै गरेको हो तर धरौटीमा छाड्न आदेश दिएछ अदालतले, राम्रो गर्‍यो । आफ्नो एउटा कलाकार, एउटा नागरिकका विरुद्ध राज्य र प्रहरी यसरी लाग्नु उचित हुँदै होइन । तर संवेदनशील कुराहरूमा बोल्दा हामी सबैले बिचार पनि गर्ने गरौँ । हुन त गुण्डाराज, अपराधी राज चल्ने देशमा मेरा यी कुराले के नै माने राख्ला र । तर पनि सत्य कुरा बोल्न छाड्नु त भएन ।  सबैको जय होस ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक