20221031

डेंगु संक्रमण ७७ वटै जिल्लामा, हालसम्म ५४ जनाको मृत्यु

 काठमाडौं / डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट थप दुई जनाको मृत्यु भएको छ। गत साउनदेखि शुक्रबारसम्म ४६ हजार ७६८ जनामा डेंगु पुष्टि भएको छ। डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ। विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक