20221028

हामीहरू र हाम्रो दाश नेपाली मानसिकतालाई मान्नै पर्छ बा !

देश र जनता बर्बाद पार्ने नेताहरूको घरमै पुगेर, तिनैलाई उचालेर, गुणगान गाएर, नाचेर, बढाई चढाई गर्न सक्ने, देउसी भैलोको नाममा अपराधका सरदारहरूको मनोबल झन् उच्च पार्ने, फेरी पनि सत्तामा आउनुपर्छ हजुर भन्न सक्ने, "नो नट अगेन" भन्नेहरूलाई नै च्यालेन्ज गर्न सक्ने हामीहरू र हाम्रो दाश नेपाली मानसिकतालाई मान्नै पर्छ बा ! यसो गर्नुको सट्टा मौलिक देउसी भैलो खेलेको भए, मारुनी नाचेको भए कति राम्रो हुन्थ्यो होला होइन र ? 

मेरो यो भनाइ कसै एक जना वा एउटा समूह प्रति लक्षित छैन । कसै एक जनालाई लक्षित नगर्नुहोला, लाञ्छित भएँ नठान्नुहोला । हामी, हाम्रो समाज र हाम्रो दाश प्रवृत्ति प्रति लक्षित छ । म पनि यही समाजको एउटा सदस्य हुँँ, अङ्ग हुँँ त्यसैले म आफु पनि दोशी छु होला । यसको जिम्मेवारी मैले पनि लिनु पर्छ ।   

दोष ती अपराधको सिँढी चढेर आएका देश मारा, जनता मारा कथित नेताहरूको मात्र होइन, हामी जसले यति हुँदा पनि अझै पनि तिनैको पछाडि लाग्छौँ, आरती उतार्छौँ, तिनैलाई काँधमा बोक्न र खोक्न तयार हुन्छौँ भने हामी नै बढी दोषी छौँ । हामीले अझै दुःख पाउनुपर्छ, दुःखका दिन बाँकी नै छन् । भोकमरीले मर्नु पर्छ हामी । हामीहरू बाँच्नु को के अर्थ भो र ! हामी मान्छे कसरी भयौँ ? म यो प्रश्न आफैले आफैलाई गर्दै छु । सत्य तितो हुन्छ !

फेरी भन्छु - मेरो यो भनाइ कसै एक जना वा एउटा समूह प्रति लक्षित छैन । कसै एक जनालाई लक्षित नगर्नुहोला, कोही एकजनाले म मात्र  लान्छित भएँ भनेर नसोँच्नुहोला । हामी, हाम्रो समाज र हाम्रो दाश प्रवृत्ति प्रति लक्षित छ । एउटा व्यक्तिको कुरा होइन यो । देख्नु भएन कथित नेताका घरमा केही दिन यता लाइन छ देउसी भैलोको, रात दिन चलिरहेछ देउसी भैलो, उनीहरू राजा होइन महाराजा बनेर फुर्किरहेका छन्, मुस्कुराइरहेका छन् !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक