20221006

सन्दीप लामिछाने प्रकरणका सन्दर्भमा लागेको कुरा !

 बलात्कार जघन्य अपराध हो, अपराध गर्ने जो सुकै होस, कडा कारबाही हुनुपर्छ । कथित ठुलाबडा अपराध गर्ने हरू लाई जे गरे पनि उन्मुक्ति र सुरक्षा दिने तर आरोप लाग्दैमा कसैलाई हतकडी सहित लगेर कोची हाल्ने यो भेद अस्वीकार्य छ । आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले म निर्दोष छु तर पनि म माथि लागेको आरोप फेस गर्न म प्रहरी सामु आत्म समर्पण गर्न आउँदै छु, फलाना दिन, फलानो फ्लाइटमा भनेर भन्दै गर्दा र प्रहरीलाई अनुसन्धानमा सघाउने भन्दा पनि उनलाई जुन व्यवहार भयो प्रहरी बाट त्यो उपयुक्त लागेन । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ भनेर उनको फोटो भिडियोहरू सार्वजनिक गरियो । भोलि अदालतले उनलाई निर्दोष भनी फैसला गर्‍यो भने उनको मानहानिको क्षतिपूर्ति के हुन्छ ? अदालतले फैसला नगर्दै फेसबुक, युट्युब र सामाजिक सञ्जालबाट फैसलाहरू आउनु दुर्भाग्य मात्रै होइन देशका लागि, सबैका लागि यो अर्को गलत नजिर पनि हो । तर यदि सन्दीप लामिछानेले नाबालिग माथि बलात्कार गरेकै हुन भने उनलाई कृष्ण बहादुर महरालाई जस्तो शक्तिको आडमा उन्मुक्ति दिनुहुन्न । झन् कडा कारबाही हुनुपर्छ । नेपाल प्रहरी अपराध गर्ने ठुला बडाको रखौल मात्र नबनोस् सत्य सेवा सुरक्षणमको वास्तविक बाहक बनोस् । न्याय नमरोस्, बिभेद युक्त नियम, कानुन, प्रहरीको व्यबहारको पुनराबलोकन अनिबार्य छ । हामीलाई लागेको कुरा यत्ति हो ।

नेपाल प्रहरीलाई एउटा जिज्ञासा - कृष्ण बहादुर महरा काण्डमा प्रहरीले सिसी टिभी फुटेज देखी सबै प्रमाण पुर्याएर अदालत पुर्याउँदा पनि उनी किन निर्दोष भनिए ?? प्रहरीले ठुलालाई चयन र सानालाई ऐन लगाउने गरी किन अदालतमा पेस हुन्छ हँ ??








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक