20221031

भारतको गुजरातस्थित मच्छु नदीमा बनेको झलुंगे पुल भाँचिदा मृत्यु हुनेको संख्या १ सय ३२, १९ जना घाइतेलाई उपचारका लागि अस्पताल, घटनाको छानविनका लागी टोली गठन

 भारतको गुजरातस्थित मच्छु नदीमा बनेको झलुंगे पुल भाँचिदा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । घटना लगत्तै ६८ जनाको र आज बिहानसम्म अन्य शवहरु समेत फेला पर्दा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको गुजरातका गृहमन्त्री हर्ष संभागीलाई उद्धत गर्दै अलजजिराले जनाएको छ । घटनामा १ सय ७७ जनालाई उद्धार गरिएको छ । जसमध्ये १९ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । गुजरातको मुख्य शहरभन्दा २ सय किलोमिटर पर रहेको झोलुङले पुल भाँचिएको हो । ब्रिटिस साम्राज्यका बेला १९ औं शताब्दीमा निर्मित सो पुल पुन: निर्माण पछि गत साता मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।गुजरात सरकारले पुल मर्मत पछि पनि दुर्घटनामा परेको घटनाको छानविनका लागी टोली गठन गरेको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक