20221009

पहिरो जाँदा स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवारनै बेपत्ता

 कालिकोट/ जिल्लाको तिलागुफा  नगरपालिका–७ बालीगाउँमा पहिरो जाँदा स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवारनै बेपत्ता भएको छ। आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए।  रिमालका अनुसार घरमाथिबाट आएको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ। ५ दिनदेखि लगातारको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनास्थलमा ८ जनाको प्रहरी टोली गए पनि पहिरो बगिरहेकाले खोजी गर्न सकेको छैन। यसैबीच तिलागुफा नगरपालिका –६ भैसैगोडा स्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानियका अनुसार उनिहरु घर भित्रै रहेको

बताईएको छ।


लगातारको वर्षाले कालीकोटको जनजीवन प्रभावित भएको छ। पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध छ। वर्षाले ठाउठाउँमा सडक भत्किएको छ भने रास्कोट,सन्नीत्रिवेणी र शुभकालिकामा घरहरू भत्किएका छन्।


लगातारको वर्षाले रारा ताल घुम्न जाने पर्यटकलाई समस्या भएको छ। दसैंको बेला राराताल घुम्न आउने आन्तरिक पर्यटकलाई कर्णाली राजमार्गको ठाउँ,ठाउँमा गएको पहिरोले समस्या पारेको हो। दसैंको लामो बिदामा पर्यटकको पर्खाइमा रहेको राराताल लगातारको वर्षाले गर्दा पर्यटकको प्रखाईमै रहेको नागरिकले जनाएको छ। आन्तरिक पर्यटक आउन नपाउँदा यो बेला रारा तालमा सुनसान जस्तै छ। राराताल घुम्न हिडेका आन्तरिक पर्यटक कालिकोटमै रोकिएका छन्। कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरोले याताया क्षेत्र ठप्प बनेको छ। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक