20221024

ऋषि सुनक पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित


 यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपालि विजयी भएका छन्।  उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन्। पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन्। नयाँ बन्ने ब्रिटिश प्रधानमन्त्रीले यूकेमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैधताका प्रश्नहरू सामना गर्नेछन्।

ब्रिटेन अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ।


उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ।


विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन्।

फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बने।


त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।

२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे।


सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन "जेसुकै गर्ने" वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे।


त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्‍यायो।


तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्‌ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।


जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए।

गत वर्ष एप्रिलमा सुनक र उनको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उनकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए।


आफ्ना श्रीमान्‌माथि राजनीतिक दबाव बढेपछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्।


सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मूलका हुन्।


जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।

उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे।


उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।


स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्। यी दम्पतीका दुई छोरीहरू छन्।


सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे।


पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।

द टाइम्स पत्रिकाका अनुसार उनी "२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी" बने तापनि आफूसँग भएको सम्पत्तिबारे उनले कहिल्यै सार्वजनिक रूपमा बोलेका छैनन्।


उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।


पूर्वचान्सलर सुनकसँग प्रतिस्पर्धामा रहेकी हाउस अफ कमन्सकी नेता पेनी मोर्डन्टले यसअघि आफ्नो पक्षमा ९० टोरी सांसदहरू रहेको दाबी गरेकी थिइन्।


यद्यपि ३० भन्दा कम समर्थकहरूले सार्वजनिक रूपमा उनको पक्षमा समर्थन पुष्टि गरेका थिए।


कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट बाहिरिनुबारे पेनी मोर्डन्टले भनेकी छन्,"हाम्रो पार्टी हाम्रो सदस्यता हो। चाहे हामी निर्वाचित प्रतिनिधि, कार्यकर्ता, स्रोत सङ्कलनकर्ता वा समर्थक जे सुकै हौँ। हाम्रो नेता को बन्छ भन्ने कुरामा हामी सबैको चासो रहन्छ।"


"यो अभूतपूर्व समय हो। नेतृत्व प्रतिस्पर्धाका लागि सीमित समयसीमाबीच स्पष्टसँग हामी सबैले निश्चितताको आवश्यकता महसुस गरेका छौँ जस्तो लाग्छ। उनीहरूले देशको भलोका लागि विश्वासका साथ यो निर्णय लिएका छन्।"


ऋषि सुनकले कोरोनाभाइरस महामारीका बेला यूकेको अर्थतन्त्र हाँकेपछि त्यसैबेला उनलाई धेरैले यूकेका "सम्भावित भावी प्रधानमन्त्री"को रूपमा हेर्न थाले।


बोरिस जोनसनको राजीनामापछि सुनकका लागि उक्त शक्तिशाली स्थानमा जानसक्ने बाटो खुलेको छ।


फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बने। त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।


२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे।


पहिलो लकडाउनका बेला उनले आफ्नो ४०औँ जन्मदिन मनाएका थिए। 


सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन "जेसुकै गर्ने" वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे।


त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्‍यायो।


तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्‌ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।


जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए।  


यो वर्षको एप्रिलमा केही कन्जरभेटिभ आलोचकहरूले यी करोडपति नेताले सङ्घर्षरत परिवारहरूले भोगिरहेको जीवनयापनबारे बुझेनन् कि भन्ने प्रश्न गरे।


सोही महिना सुनक र उनको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उनकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए। 


आफ्ना श्रीमान्‌माथि राजनीतिक दबाव बढेपछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्।


लेबरले उनको धन सम्पत्तिबारे कैयौँ प्रश्नहरू उठायो जसमध्ये एउटामा भनिएको थियो: के ट्याक्स हेभन्स (कर नलाग्ने देश)को प्रयोग गरेर सुनकले कहिल्यै फाइदा लिएका छन्?


द इन्डिपेन्डेन्ट पत्रिकाले आफ्नो एउटा समाचारमा भने अनुसार उनी सन् २०२० मा ब्रिटिश भर्जिन आइल्याण्ड्स र केम्यान आइल्याण्ड्सको लाभग्राहीमा सूचिकृत थिए। 


सुनकका एकजना प्रवक्ताले भने अनुसार उनीहरूले ती दाबी स्वीकारेनन्। 


त्यसो भए हामीलाई ऋषि सुनकबारे के थाहा छ?


सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मुलका हुन्।


जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।

आफ्ना बुवाको सामुदायिक सेवाप्रतिको प्रतिबद्धताबाट आफू नतमस्तक भएको सुनक बताउँछन्। 


आमालाई औषधि पसलमा सघाउँदा उनले व्यापारको सुरुवाती ज्ञान पाए। 


उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे। 


उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।  


स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्। 


यी दम्पतीका दुई छोरीहरू छन्।  


सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे। 


पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। 


उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।


द टाइम्स पत्रिकाका अनुसार उनी "२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी" बने तापनि आफूसँग भएको सम्पत्तिबारे उनले कहिल्यै सार्वजनिक रूपमा बोलेका छैनन्।


उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।


पूर्ववर्ती टरिजा मेको सरकारमा उनी कनिष्ठ मन्त्री बनेका थिए। 


बोरिस जोनसनले उनलाई अर्थ मन्त्रालयमा दोस्रो वरियतामा रहने चीफ सेक्रेटरी टू द ट्रेजरीमा नियुक्त गरे। 


र अन्तत: फेब्रुअरी २०२० मा उनलाई चान्सलर (अर्थमन्त्री)मा पदोन्नति गरियो। 


सुनक सुरुमा जोनसनका कट्टर समर्थक थिए तर यसै साता उनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीका तौरतरिका "आधारभूत रूपमै निकै भिन्न" रहेको भन्दै राजीनामा दिए।


ईयू जनमत सङ्ग्रहका बेला उक्त क्षेत्रीय सङ्गठन छाड्ने पक्षमा उभिएका उनले त्यस निर्णयले ब्रिटेनलाई 'खुला, न्यायपूर्ण र थप समृद्ध' बनाउने योर्कशायर पोस्टसँग बताएका थिए। 


त्यसबेला यूकेको व्यापार ब्रसल्सले तय गर्ने लम्बेतान प्रक्रियाले  "दबाएको" तर्क गरेका उनले ब्रेक्जिटपछि ईयूसँग एउटा खुला व्यापार सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए।


उनले आप्रवासन नियमहरू फेर्नु ईयूबाट बहिर्गमनको पक्ष रोज्नुको कारण रहेको बताएका थिए।


"व्यवस्थित आप्रवासनले हाम्रो देशलाई फाइदा गर्छ भन्नेमा म विश्वस्त छु। तर हामीले आफ्नो सीमामा नियन्त्रण राख्नैपर्छ।"


सुनक यूकेमै जन्मिए तापनि अन्यत्र मूल भएको परिवारका सन्तान हुन् र उनले त्यो परिचयको अर्थ हुने बताउँछन्। 


"मेरा अभिभावकहरू यहाँ बसाइ सरेर आए र तपाईँहरूले यहाँ जन्मिएको पुस्ता पाउनुभयो, उनीहरूका अभिभावक यहाँ जन्मिएका होइनन् र उनीहरू यहाँ जीवन बनाउन आए," सन् २०१९ मा उनले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका थिए। 


"सांस्कृतिक हुर्काइका विषयमा म सप्ताहन्तमा म मन्दिर पुग्छु- म हिन्दू हुँ - तर शनिवार नै म [साउथह्याम्पटन फुटबल क्लब] सेन्ट्स गेम्समा पनि पुग्छु - दुवै गर्छु," उनी भन्छन्। - BBC

 

हेर्नै पर्ने सन्देशमुलक तिहारको देउसी भैलो विशेष मेरी बास्सै कार्यक्रम तपाईंले हेर्नु भयो ?

 ४ वर्ष अघि काठमाडौँमा मिडिया हबको आयोजना मेरी बास्सै कार्यक्रमले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एबम अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाललाई विशेष अतिथिको रुपमा निम्त्याएर यो देउसी भैलो विशेष कार्यक्रम निर्माण गरी नेपाल टेलिभिजन बाट प्रसारण गरेको थियो । यो देउसी भैलो विशेष कार्यक्रम आज पनि त्यत्तिकै सान्दर्भिक भएकोले यहाँ प्रकाशित गरेका छौं । यो कार्यक्रम निर्माण गर्ने बहु प्रतिभाशाली कलाकार द्वय राजु मास्टर र बल्छी धुर्बे लाई फेरी पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाललाई यो देउसी भैलो विशेष मेरी बास्सैमा साथ दिने अन्य अग्रज कलाकारहरु सुरबीर पण्डित, राम चन्द्र अधिकारी, पल्पसा डङ्गोलजी देखी लोक होरी क्षेत्रका दर्जनौं कलाकारहरु सबै सबैलाई तिहारको शुभकामना सहित धन्यवाद र तपाईंहरु सबैलाई यो भिडियो उपहार पनि ।

 देउसी भैलो विशेष मेरी बास्सै कार्यक्रमको देउसी भैलोको पुरा भिडियो यहाँ तल प्रस्तुत छ !

रामप्रसाद खनालका केही अन्य मौलिक देउँसी भैलो गीतहरु पनि तपाईंहरुका लागि !   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक