20221112

विश्वको जनसंख्या आठ अर्ब : संयुक्त राष्ट्रसंघ

 संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या आठ अर्ब नाघेको जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यही नोभेम्बरको मध्यसम्ममा विश्वको जनसंख्या आठ अर्ब नाघेको बताउनुभएको हो । यद्यपी अर्बौं मानिस जीविकोपार्जनका लागि संघर्षरत रहेको र करोडौंले भोकमरीको सामना गरिरहेका उहाँले बताउनुभयो । कयौँ मानिस युद्ध र जलवायु प्रकोपको चपेटामा रहेको र उनीहरु नयाँ अवसर र सहज जीवनको खोजिमा रहेको गुटेरेसले बताउनुभयो । विश्वव्यापी धनी र पिछडिएका बीचको खाडललाई कम नगरेसम्म विश्व समुदाय संकट र द्वन्द्वबाट मुक्त हुन नसक्ने उहाँको भनाई छ ।  विश्वका केही अरबपतिहरुसँग संसारका सबैभन्दा गरिब आधा मानिसहरुको बराबर सम्पत्ति रहेको र यही नै द्वन्द्व अभाव र संकटको कारण भएको उहाँले बताउनुभयो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक