20221111

अस्ट्रेलियामा विगत दुई सातामा ५ नेपालीको मृत्यु

 अस्ट्रेलियामा विगत दुई सातामा ५ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ बिद्यार्थी र २ अभिाभवक छन् । न्यु साउथ वेल्स राज्यको सिड्नीमा २ जना बिद्यार्थीको मृत्यु भएको हो  भने एकजना अभिभावकको मृत्यु भएको हो । यसैगरि क्विन्सल्याडमा समेत एक बिद्यार्थी तथा एक अभिभावकले ज्यान गुमाएका छन् । एनआरएनए न्यु साउथ वेल्सका संयोजक देब गुरुङका अनुसार करिब २ महिनाअघि आएका २३ बर्षिय युवाको केहीदिनअघि १२ तल्लाको भवनबाट खसेर मृत्यु भएको हो भने सोमबार सिड्नीस्थित ह्यारिस पार्कमा करिब १९ बर्षिय युवतीको ट्रेन स्टेसनमा मृत्यु भएको छ । उनीहरु उच्चशिक्षा अध्ययनका लागि करिब २ महिनाअघि मात्र अस्ट्रेलिया आइपुगेको बताइएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक