20221107

बुझ्ने कसले ? बुझाउने कसले ??

जमिन जोत्ने हलो 
सूर्य छुन्छु भन्दै 
उफ्रिन खोज्छ आकाश तिर ! 
राप र तापको हुँ म, भन्ने सूर्य 
हलो सँग मित लगाउँछु भन्दै 
झर्न खोज्छ जमिन मै 
पस्छ फाली भित्रै 
त्यति मात्रै हो र ?
मधेसको मुसा सँग 
जोड्छ कुममा कुम
कहन्छ उखान टुक्का
भाषणमा दिन्छ सबलाई मुक्का 
काम उसको सधैँ उही हो "झुक्का" !  
उता माओवादको जमिनमा 
मार्क्सवाद र लेनिनवाद प्रजातिको 
काउछो रोपेको काउछे बिरालो 
बिपीको समाजवाद भित्र 
काम्लो ओढेर घिउ पिउन मस्त छ 
उ कहिले रोल्पामा घिउ पिउँछ 
कहिले सर्लाही त कहिले चितवन पुग्छ 
सुन्दै छु उ अहिले गोर्खामा पुगेको छ रे 
त्यहाँ पनि काम्लो भित्र पसिसकेको छ रे
घिउ पिउन बसिसकेको छ रे   
हुने भयो गोर्खाली घिउको पनि सत्यानाश ! 
समाजवादको खोल ओढेको अर्को ढाडे 
न म्याउँ म्याउँ गर्ने ढङ्ग छ 
न जोबनको कुनै रस र रङ्ग छ 
बिरालीको फ्री टिकट र फ्री भिसामा 
मस्त सयर गर्दै छ 
एक पटक होइन पटक पटक 
बेहाल छ धर्ती 
रुवाबासी छ सबका सबको 
तर, 
बुझ्ने कसले ? 
बुझाउने कसले ?
आँखा देख्ने कसले ?
देखाउने कसले ?
बिना ढेउवाके फ्री भिसा र फ्री टिकट 
एजेन्टहरूको मस्ती 
यस्तै छ मेरो बस्ती !
म पहिलै उडिसकेको छु खाडी तिर  
मेरा सन्ततिहरू लाइनमा छन् उड्न 
सके उड्छन् नसके गूड्छन 
अच्छा लेकिन भाइ साप भन्न र बन्न !
भोकमरीले मरेको छैन धन्न 
अब बेर छैन भोकमरीले मर्ने भएँ भन्न !

- रामप्रसाद खनाल, नोभेम्बर ७, २०२२


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक