20221108

नेपाल खाली गराैँ !

 - टङ्क प्रसाद पन्थ 

ढाक्ने शब्द भएन नग्न सब छाैँ लेख्ने उसै नाङ्गिए
भुक्ने मात्र भुकेर बस्छ घरमा  देख्ने त्यसै बाङ्गिए 
अड्बाँङ्गाे  परिवेश भेष  अहिले वाक्कै भयाे के छ र 
लज्जा बाेध भएन आखिर यहाँ  नाङ्गै भयाैँ  के छ र !!
माटाे गाल्नुछ स्वर्ग बन्छ सजिलै ऊर्जा जुटाऔँ भन्याै
भाेकै मर्न तयार छाैँ  तर  यहाँ निष्ठा उठाऔँ  भन्याै
लुट्ने खेल भयो सदैव किन हाे छाडाैँ उधारा कुरा 
नेपाली ममता सिलाउन सकाैँ हालुन् नयाँ आँकुरा ।।
खाडी खन्छ युरोप गाेड्छ सजिलै हाम्रो  युवाले त्यहाँ 
आफ्नोमा  खनजाेत  छैन  घरकाे  साेच्ने भएनन् यहाँ 
हाम्रो  देश हँसाउने प्रण गरी गाएन काेही  यहाँ 
कायापल्ट गराउने सुर कसी  आएन काेही यहाँ  !!
बाटामा घरमा चिया पसलमा पाेख्छाैँ निराशा सधैँ
काेही छैन यहाँ उदार मनका  राेक्छन् इरादा सबै 
सत्ता स्वार्थ छ देशकाे र जनकाे पर्दैन चिन्ता लिन 
ढाँटेरै जब  चल्छ  शासन यहाँ  पर्दैन क्वै सच्चिन  ।।
सारा जङ्गल पल्टियाे तर यहाँ देख्ने भएनाैँ कुनै 
लाचारी सब छाैँ  बनी टुलुटुले छेक्ने भएनाैँ कुनै 
साेच्दैनन् अगुवा छ स्वार्थ गहिरो गुड्थ्याे र गाडी किन 
पुग्ने लक्ष्य तथा   विचार  नभए  बन्छाै अनाडी  किन ?
जित्नै पर्छ चुनावमा फिरिभिसा बाँड्दै छ नेता यहाँ 
यस्तो साेच छ हाय शीर्ष तहमा संबृद्धि हाेला कहाँ ? 
जे बाेल्छन् अगुवा विचार नगरी फुर्केर ताली भराैँ 
काे बस्ने अब छाड देश सबले  नेपाल  खाली गराैँ !!
छन्द   :  शार्दूलविक्रीडित



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक