20221109

भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते


 डोटी  / भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन् ।

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् । भुकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भुकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् । 

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण सुदूरपश्चिममा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गौरामा जनधनको क्षति पुग्यो। यहाँ भूकम्पका धक्काका कारण घर भत्किँदा ६ जना स्थानीयको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

यस्तै, ८ घर पूर्ण रूपले भत्केका छन्। २० घरहरू आधा भत्किएका छन्। यस्तै वडाका ढाई सय घरहरू भूकम्पका कारण चर्किएका छन्। ३५ घरपरिवारका मान्छेहरू अहिले विस्थापित भएका छन्। उनीहरू बाहिर त्रिपाल लगाएर बसेका छन्। 

पूर्वी चौकी गाउँपालिकामा काम गर्ने प्राविधिक कर्मचारी गणेश ओझाले बेलुकाको खाना खाने समयमा भूकम्प गएको थाहा पाए।

‘खाना खाने समयमा घरै हल्लेको थियो,  त्यही बेला म सचेत भएँ, किनकी पहिला काठमाडौंको भूकम्पको अनुभव मसँग थियो, पछि धेरैबेरसम्म नआएपछि भने अब आउँदैन होला भनेर म खाना खाएर निदाएँ,’उनले भने। 

फेरि राती २ बजेर १२ मिनेटमा घर हल्लिन थालेपछि उनको निन्द्रा खुल्यो। उनी दौडिँदै बाहिर निस्किए। त्यहीबेला पर गैरागाउँबाट चिच्याएको आवाज आयो।

‘एकैचोटि ठूलो आवाज आयो, कराएको, चिच्याएको रोएको, आवाज सुनेपछि त शरीर नै जिरिङ्ग भयो,’ उनले भने।

१५ मिनेटपछि उनले गैरामा भूकम्पले ठूलो क्षति गरेको थाहा पाए। सुरक्षाकर्मीको टोली राती घटनास्थलमा पुग्यो। 

पूर्वीचौकी गाउँपालिका–३ का वडा अध्यक्ष खडकबहादुर धामीका अनुसार गैरावासी राती मस्त निन्द्रामा थिए। ९ बजेतिर आएको भूकम्पबारे कतिपयले थाहा पाए पनि पछि लगत्तै नगएपछि स्थानीयहरू निदाए।

फेरि रातीको भूकम्पले स्थानीयहरूको निन्द्रा खुल्यो। 

हतारमा ज्यान जोगाउन दौडिँदै बाहिर आउन खोज्दा दुई घरका ६ जना घरभित्र पुरिए।

‘सेकेण्डमै घर भत्किएपछि ज्यान जोगाउन बाहिर आउन खोज्दा पनि केही स्थानीयको दुःखद् मृत्यु भयो, उहाँहरूले बाहिर निस्किन पाउनुभएन, भाग्दै बाहिर आउन खोज्दा पनि भूकम्पको एकै झट्कामा पुरिए स्थानीय’, वडा अध्यक्ष धामीले भने। उनका अनुसार भत्किएका घरहरू झण्डै १० पर्ष पुराना कच्ची  थिए। घरहरू निकै कमजोर हुँदा मानवीय क्षति छिनभरैमा भएको वडा अध्यक्ष धामीले बताए।

भूकम्पका कारण अन्य ८ जना घाइते छन् । उनीहरूको सिलगढीमा उपचार भइरहेको छ। तीन जना भने धनगढीमा उपचारका लागि रिफर गरिएको छ।घटनापछि गैराका गाउँका स्थानीयहरूले रातभरी खुला आकाशमा रात कटाए।

‘हिजोको घटनाले स्थानीयहरू धेरै डराइरहेका छन्। विस्थापित भएकाहरू अब कहाँ बस्ने भन्ने समस्यामा छन्,’ धामीले भने।नेपाल प्रहरी, आर्मी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेको छ।

अहिले पनि केही सुरक्षाकर्मीले पुरिएका स्थानीयका सामान निकाल्ने काम गरिरहेका छन्।  गाउँपालिकाबाट र रेडक्रस सोसाइटीले विस्थापितहरूलाई राहत उपलब्ध गराउने काम गरिरहेको छ। थप राहतका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको वडा अध्यक्ष धामीले बताए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक