20221202

निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फाएर र अश्रु ग्यास प्रहार

 धनगढी । स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फाएर र अश्रु ग्यास प्रहार गरेकाे छ । हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् । बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो । उनको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।


घटनापछि विद्यार्थी ताडफोडमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका बाबजुद पछि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।


प्रदर्शनमा सहभागी मध्ये एक दर्जनभन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तल, निर्माण कम्पनी र प्रशासनबीच जिप्रकामा छलफल चलिरहेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक