20221216

राजा महेन्द्र र उनले गरेका काम, उनले चालेका कदम कति दूरगामी र महत्त्वका रहेछन् त्यो समयले प्रमाणित गरिसकेको छ !

 
पुष १ लाई कालो दिन मान्दै, राजा महेन्द्र र उनले शुरु गरेको पञ्चायतलाई मुर्दावाद भन्दै पञ्चायत व्यवस्थाका विरुद्ध भएका हरेक आन्दोलनहरूमा जान्ने भए देखी नै अग्र पङ्तीमा भूमिका निर्वाह गरेको म मनुवाका आँखा खुलेको, बुद्धिको बिर्को खुलेको र ओहो ठुलो गल्ती मात्र होइन पाप गरिएछ भनेर पश्चात्ताप गरेको मैले २०५४ सालमा हो । देश र जनताका लागि तत्कालीन राजा महेन्द्र र उनले गरेका काम, उनले चालेका कदम कति दूरगामी र महत्त्वका रहेछन् त्यो समयले प्रमाणित गरिसकेको छ । जे सुकै भन वा मलाई गाली गर - राजा महेन्द्र जस्तो राष्ट्रवादी राजा, देशलाई माया गर्ने राजा, माटो बुझेको स्वाभिमान र गर्व गर्न लायक राजा र उनले गरेका कामलाई म आज पनि स्मरण गर्न र दिल देखिनै सम्मान गर्न चाहन्छु ।  सत्य तितो लाग्न सक्छ तर देश अहिले पनि अर्को महेन्द्र खोजिरहेको छ । महेन्द्र, तिमी प्रति हार्दिक र उच्च सम्मान अर्पण गर्दछु । विगतमा नबुझेर, गलत बुझाई मा परेर तिमी विरुद्ध जे जति नारा लगाइयो, तिम्रा विरुद्ध जे जे गरियो त्यो भुल प्रति आज पनि पश्चात्ताप गर्दै सार्वजनिक रूपमा क्षमा याचना गर्दछु । 
                                        - रामप्रसाद खनाल, हाल अमेरिका               

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक