20221215

राजा महेन्द्रले जम्मा ९ वर्ष मात्र शासन गर्न पाउँदा के के गरेका थिए थाहा छ ? कहाँ गए ती उद्योगधन्दा ? कहाँ गए कलाकारखाना ??


डा. दूर्जेय चेतना

म जहिले पनि महेन्द्रबादको पक्षमा बोलिरहनाको कारण अनेक छन् । हामी बिदेशी बादहरू मान्ने तर महेन्द्रको बिकासबादलाई नमान्ने किन ? यीनीहरू यस्तै छाडा र बैमानी भएर नै राजाले कु गर्न परेको भन्ने तथ्य अब पनि लुकाएर हुन्छ र? कु नै गरे पनि के भो त यत्रो बिकास गर्न सक्ने रहेछन्। क्षमता भएर नै त गर्ने हो रहेछ। के गरेको छ माओ र लेलिनले? के गरेको छ स्टालिन र मार्क्सले नेपालमा? महेन्द्रबाद भनेको बिकासबाद हो। राजा महेन्द्रले जम्मा ९ वर्ष मात्र शासन गर्न पाएका थिए, २०१९-२०२८ सम्म।


२०१२ सालमा प्रजातान्त्रिक नेपालमा महेन्द्र राजा बने, २०१९ सालमा पंचायती संविधान जारी गरेर प्रत्यक्ष शासन गरे तर उनको योगदान पृथ्वीनारायण, जंगबहादुर र चन्द्र समसेरभन्दा छैन । 

आधुनिक नेपालको विकासको सबै खाका महेन्दरकै हो आजसम्म पनि !

महेन्द्रले के के गरे?

१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।

२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाए।

३.भारतीय मुद्राको चलनमा रोक।

४.भारतीय सेनाको नेपालमा उपस्थिति रोके।

५.जलस्रोतमा भारतीय हस्तक्षेप रोके।

६.पञ्चवर्षीय योजनाको शुरुआत गरे।

७. राष्ट्रबैंक स्थापना गरे। 

८. भूमिसुधारको व्यवस्था लागू गरे।

९. विकेन्द्रीकरणको थालनी गरे।

१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।

११.सर्वोच्च अदालत स्थापना गरे।

१२.सेना र प्रहरीको आधुनिकीकरण गरे।

१३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व रोके।

१४.पूर्व-पश्चिम राजमार्ग निर्माण र विदेशी सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण गरे।

१५.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, (२४० वटा उधोग) सबै उनकै पालामा स्थापना गराए।  

१६. त्रि विको स्थापना गरे।

१७.असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागी गराए।

१८. नेपाललाई युएनमा सदस्यता दिलाए।

१९.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको सम्बन्ध भन्दा बाहिर नेपाल भन्ने देश पनि छ भनेर चिनाए ।

२०. साझा यातायातको सन्चालन गरे

२१. हरेक बिकास क्षेत्रमा औघोगिक क्षेत्र स्थापना गरे

२२. प्रज्ञा प्रतिष्ठानको स्थापना गराए 

२३. भारतिय चंगुलबाट जोगाउन रूससंग लभी गरेर नेपाललाई संयुक्त राष्ट्र संगको सदस्यता दिलाए

२४. भूसर्बे गराएर  देशमा भएका खानीहरूको लगत निकाल्न लगाए ( त्यस बेला नेपालमै पेट्रोल खानी पत्ता लगाएका थिए)

२५. जनताको पिर मर्का बुझ्न देशका हरेक गाउ र ठाउमा छोरा बिरेन्द्रलाई लिएर पैदल यात्रा गरे

२६. बालबालिकालाई कुपोषण नहोस भनेर देश भरि बालमन्दिर स्थापना गरेर निसुल्क दुध र हलुवा बाड्ने ब्यबस्था गरे (राजा महेन्द्र २८ दिन रूस भ्रमण गएका बेला अनुदानमा पाउडर दुध पनि दिने भनेर सम्झौता गरेका थिए। त्यो पाउडर दुध राजा बिरेन्द्रको पाला सम्म पनि बाल मन्दिरमा हलुवासंग निःशुल्क बितरण गरिएको थियो।)

२७. देश भरि हाईस्कूलहरू स्थापना गरे। आज बिरल्लै नयाँ स्कूल बनेका छन्। 

२८. पैँसठ्ठी वर्षअघि दशरथ रङ्गशाला बनाए । 

२९. २३ वटा एअरपोर्ट पनि बनाएका बनाए । 

३०.  पूर्वपश्चिम राजमार्ग, चीन जोड्ने अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सम्पन्न गराए

३१. अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च टुँडिखेल, रंगशाला र प्रदर्शनीस्थल  बनाए। 

३२. विश्वविद्यालयको नाममा कीर्तिपुरको त्यत्रो डाँडा छुट्याउए।

३३. चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिगा जग्गा छुट्याए।

३४.वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन ठाउँ दिए 

३५. गंगालाल अस्पतालको ठाउँ पनि उहिल्यै राखेका थिए र त बन्यो।

३६. राष्ट्रिय नाचघरदेखि प्रज्ञाप्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर सोचेर बनाए। 

३७. ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू बनाए। 

३८. बिजुलीबाट चल्ने ट्रलीबस बनाए।

३९. कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना गरे।

४०. हिन्दू रास्ट्र भएर पनि दरबार अगाडि जामे मस्जिद स्थापना गराएर साझा राजा बने

४१. २०२६-२७ सालमा नेपालका उत्तरी सीमामा रहेका १८ वटा 'भारतीय सैन्य चेक पोस्टहरू' हटाए। ( अहिलेको कालापानीमा भएको पोस्ट दार्चुलाको टिङ्करमा रहेको पोस्ट झरेर बसेको थियो र यो पनि हट्ने क्रम मैं थियो) "

यस्ता अरू अनगिन्ति योगदान छन् राजा महेन्द्रसंग अरू कसैको तुलना हुन सक्दैन: न भूतो न भविष्यति! 

पूर्खालाई सरापेर प्रजातन्त्रको नाममा यस्ता बद्मास नेताहरूको पछि लागेर युवाहरूलाई ईतिहास लुकाएर देशलाई मास्न खोजिएको छ। 

राजा महेन्द्रले ९ वर्षको कार्यकालमा के के महत्त्वपूर्ण काम गरे माथि उल्लेख गरें । देशलाई औद्योगिकरण गर्ने भनेर साना ठुला २०० भन्दा बढी उद्योगहरू सञ्चालनमा थिए। बिस्कुट, चकलेट, पाउरोटी आदि जस्ता साना उद्योगहरू ग्रामीण क्षेत्रमा निजी क्षेत्रले सञ्चालन गरेका थिए नै। तर राजाको प्रत्यक्ष निर्देशनमा बनेका यी महत्त्वपूर्ण उद्योगहरू खोइ? ९ वर्षमा उनले सञ्चालनमा ल्याएका यी उद्योगहरू हामीले कता लग्यौ । खोइ कता गए यी उद्योग??

राजा महेन्द्रले खोलेका यी उद्योग खोइ???

1. ट्रलीवश खोइ?

2. साझा बस खोइ?

3. शाही नेपाल बायु सेवा निगम खोइ?

4. जनकपुर रेलवे खोइ?

5. उदयपुर सिमेन्ट कारखाना खोइ?

6. भृकुटी कागज उद्योग खोइ?

7. सर्लाही चीनी कारखाना खोइ?

8. बाँसबारी छाला उद्योग खोइ?

9. जनकपुर चुरोट कारखाना खोइ?

10. हेटौडा कपडा उद्योग खोइ?

11. हेटौडा काठमान्डु रोपवे खोइ?

12. गोरखकाली टायर उद्योग खोइ?

13. बुटवल धागो उद्योग खोइ?

14. वीरगन्ज धागो उद्योग खोइ?

15. वीरगन्ज कृषि औजार खोइ?

16. वीरगन्ज चिनी उद्योग खोइ?

17. इलाम चिया उद्योग खोइ?

18. चोभार सिमेन्ट खोइ?

19. लुम्बिनी चिनी उद्योग खोइ?

20. भक्तपुर चाइनिज इट्टा खोइ?

21. हरिसिद्धी इट्टा कारखाना खोइ?

22. सुनवल चिनी कारखाना खोइ?

23. दोलखा खरिढुंगा कारखाना खोइ?

24. शाही औषधी लिमिटेड खोइ?

25. बालाजु कपडा उद्योग खोइ?

26. विराटनगर जुट मिल खोइ?

इतिहास बङ्गाएर नयाँ पुस्तामा भ्रम फैलाउन छोड। यथार्थ यही हो। यी उद्योगहरू आज पनि पूर्ण रूपमा चलिरहेका भए के हामी सबै युवाहरू कामको लागि पलायन हुन पर्थ्यो र? हाम्रो राजनीति विकास सङ्गत हुन सकेन ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक