20221215

पछिल्ला तीन बर्षमा भएका १ लाख बढी सवारी दुर्घटनाबाट ८ हजार बढीले ज्यान गुमाए ! दुर्घटनाको क्रम बढ्नुमा सवारी चालकको लापरबाही, सवारी साधनको खराबी र सडकको दुरावस्था

 काभ्रेको बेथानचोक गाउंपालिका–४ र जाजरकोटमा भएको सवारी दुर्घटनाबाट नै २९ जनाको मृत्यु भयो । प्रहरीको तथ्याङक हेर्दा नेपालमा सवारी दुर्घटना र त्यसबाट भएका मानवीय क्षति विकराल समस्या बन्दै गएको छ । पछिल्ला तीन बर्षमा भएका १ लाख बढी सवारी दुर्घटनाबाट ८ हजार बढीले ज्यान गुमाएका छन् । दुर्घटनाको क्रम बढ्नुमा सवारी चालकको लापरबाही, सवारी साधनको खराबी र सडकको दुरावस्था मूख्य कारण मानिएको छ । दुर्घटना कम गर्न विज्ञहरुले सडक सुरक्षामा प्रभावकारी कदम चाल्न सुझाव दिएका छन् ।


आर्थिक वर्ष २०७६÷७७ मा ट्रक, टिपर, डोजर, बस, मोटरसाइकल लगायत २५ हजार ७ सय ८८ सवारी दुर्घट्ना भएका छन् । सो दुर्घटनामा परि २ हजार २ सय ५१ जनाको मृत्यु भएको छ । यस्तै, वर्ष २०७७÷७८ मा ३३ हजार १ सय ३५ सवारी दुर्घटनाबाट २ हजार ५ सयको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८÷०७९ मा ३९ हजार ३ सय ७९ सवारी दुर्घटना हु“दा २ हजार ८ सय ८३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको चार महिनामा १२ हजार २ सय ९८ सवारी दुर्घट्ना हु“दा ७ सय ८९ जनाको निधन भएको छ । यी तथ्याङकले नेपालमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति विकराल बन्दै गएको देखाउंछ । यातायात विज्ञ आशिष गजुरेलले भने, ‘सडक पूर्वधार सुरक्षित नभएको, सवारी साधन पूर्णरुपमा कन्डिसनमा नभएकाले, नियम कानून पालन नगर्दा, सडक प्रयोगकर्ताको लापरबाही र मनोवृत्तिका कारण सवारी दुर्घटना भइरहेको छ । ’



देशभर तीन वर्ष यता १ लाख १० हजार ६ सय सवारी दुर्घट्ना भएका छन् । सो दुर्घटनामा परि ८ हजार ४ सय २३ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना हुनुमा चालकको लापरबाही, सडकको दुरावस्था र सवारी साधनको खराब अवस्था लगायत मुख्य कारण रहेको नेपाल प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता टेकप्रसाद राई सवारी दुर्घटना न्युनिकरणका लागि आफूहरुले गरेको पहल मात्र पर्याप्त नभएको बताउ“छन् । दुर्घटना कम गर्नका लागि ट्राफिक नियमलाई विद्यालय शिक्षा देखि नै समेट्नुपर्ने राईले बताए । ‘प्रहरीले मात्रै सडको दुर्घटनाबारे सचेत गराएर हु“दैन, यो बढी कोडिनेटेड छ, प्रहरीले ट्राफिक नियम हेर्ने, सडक विभागले सडक बनाउने, यातायात विभागले लाइसेन्स बा“ड्ने, यी सबै निकाय एक–अर्कास“ग समन्वय हुनु जरुरी छ ।’ राईले भने ।


सडक सुरक्षा र व्यवस्थापनका लागि थुप्रै जिम्मेवार निकाय छन् । तिनै निकायको काम, कर्तव्य र अधिकार बांडिएर समन्वय हुन नसकेपछि सडक दुर्घटना कम हुन नसकेको विज्ञहरुको भनाइ छ । विज्ञ गजुरेलका अनुसार मुलुकभर करिब १ लाख किलोमिटर सडक सञ्जाल छ । यीमध्ये एक तिहाई मात्रै सडक सुरक्षाको मापदण्ड पुरा गरी बनाइएको छ । सडक निर्माणमा उचित ध्यान दिएर दुर्घट्नालाई न्यूनिकरण गर्न सकिने सुझाव गजुरेलको छ । ‘स्तारीय सडक बनाउनु पर्यो, भएको सडक व्यवस्थापन गर्नु पर्ने , पोख्त चालकलाई मात्र सवारी चालक अनुमति मात्र दिनु प¥यो ।’ गजुरेलले सुझाव दिए ।


ठूला सवारी दुर्घटनाबाट बढी मानवीय क्षति भएपछि गठन गरिएका छानविन समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन नहुंदा वास्तविक समस्या ओझेलमा पर्दै गएको हो । त्यसैले सवारी दुर्घटना रोक्न खास कुनै निकाय मात्र नभई यातायात व्यवसायी, चालक र सवारी प्रयोगकर्ता लगायत सबै पक्ष सचेत हुनुपर्ने देखिएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक